आलियालाई त्यो अफसोस

कान्तिपुर संवाददाता

काठमाडौँ — आफ्नो परिवार भनेपछि मरिहत्ते गर्ने बलिउड अभिनेत्रीमध्ये पर्छिन्— आलिया भट्ट  । आफ्ना दिदीहरू पूजा र शाहिनसँग उनको उत्तिकै घनिष्ठ सम्बन्ध छ  ।

आलियालाई त्यो अफसोस

उनकी सहोदर दिदी शाहिनले केही वर्षअघि आफ्नो संघर्ष र डिप्रेसनबारे मुख खोलेकी थिइन् । उनले यति बेला त्यही अनुभवलाई पुस्तकाकारमा ल्याएकी छन्, ‘आई ह्याभ नेभर बिन (अन)ह्याप्पियर’ ।

शाहिनको संघर्षपछिको सफलतालाई देख्दा आलिया खुसी छिन् । उनले दिदीको पुस्तक पढेपछि प्रफुल्लित हुँदै युटयुबमा भिडियो अपलोड गरिन् । त्यसमा उनले उक्त पुस्तक मानसिक द्वन्द्वको सिकार भएका र डिप्रेसनमा गएका मान्छेप्रति लक्षित रहेको टिप्पणी गरेकी छन् ।

आलियाले शाहिनको मर्मलाई पहिले बुझ्न नसकेकामा भिडियोमार्फत क्षमासमेत मागेकी छन् । भिडियोको सुरुवात भने आलिया र शाहिनले बालापनमा गरेको नृत्यबाट भएको छ ।

शाहिनको पुस्तकबारे आलियाले भनेकी छन्, ‘मैले तिम्रो पहिलो पुस्तक पढें, जसमा तिमीले आफ्नाबारे केही नछुटाई, बडो इमानदारीपूर्वक लेखेकी छयौ । यस्तो बेला म तिमीलाई एउटा चिठी लेख्न पनि संघर्ष गरिरहेकी छु । एकदमै अप्ठ्यारो अनुभूति भइरहेको छ । तिमीसँगै २५ वर्ष बिताए पनि तिम्रो डिप्रेसनको त्यो मौन अवधिलाई मैले कहिल्यै बुझ्न सकिनछु । तिमी हरेक समय बाहिर डिनरका लागि जान इन्कार गर्थ्यौ । मलाई लाग्थ्यो-तिमी घरमै एक्लै टीभी हेर्दै बस्नमै खुसी मान्छयौ ।’

प्रकाशित : आश्विन २९, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?