नेपाली कलाकारद्वारा बनारसमा प्रस्तुति

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कलाकारहरूले बनारसमा नृत्य प्रस्तुति दिएका छन्  । काशी हिन्दू विश्वविद्यालय (बीएचयू) मा हालै आयोजित ‘वैश्विक लोक संस्कृति:परम्परा एवं प्रतिविम्ब’ विषयक अन्तर्राष्ट्रिय सेमिनारमा स्वजन रघुवंशी, सुजाता बराल, आरती थापा, पवन थापा, सुरम्य पोखरेल, अस्मिता तिम्सिना, सुमु कोइराला र नेहा पोखरेलले कला प्रस्तुत गरेका हुन्  ।

नेपाली कलाकारद्वारा बनारसमा प्रस्तुति

ललितकला क्याम्पसका प्रमुख डा. रमेश पोखरेलको नेतृत्वमा गरेको नेपाली टोलीले चर्या, मारुनी, टप्पा, तामाङ सेलो, कृष्ण चरित्र, झाँगड नाचमा कौशल देखाएका थिए ।‘बीएचयूको पर्फर्मिङ आर्ट फ्याकल्टीअन्तर्गत नृत्य विभागद्वारा आयोजित त्यो सेमिनारमा हाम्रा कलाकारहरूको प्रस्तुतिबाट भारतका विभिन्न प्रान्तका सहभागीहरू प्रभावित भएका थिए,’डा. पोखरेलले भने ।

सेमिनारमा उनले चाहिँ नेपाली संस्कृति र नृत्यबारे कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाली टोलीले तीन दिने सेमिनार सकिएपछि बनारसकै असी घाटमा अर्को प्रस्तुति पनि दिएको थियो ।

प्रकाशित : आश्विन २९, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?