‘डाइङ क्यान्डल’ लाई सिंगापुरमा अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — सिंगापुर साउथ एसियन इन्टरनेसनल फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘डाइङ क्यान्डल’ ले अभिनेत्री र सिनेमाटोग्राफीतर्फका दुई विधामा अवार्ड जितेको छ  ।

‘डाइङ क्यान्डल’ लाई सिंगापुरमा अवार्ड

नरेशकुमार केसी निर्देशित उक्त फिल्मबाट अभिनेत्रीतर्फ सिर्जना सुब्बा र सिनेमाटोग्राफरमा दीपांकर सिक्देर र रविन आचार्यले संयुक्त रूपमा अवार्ड पाएका हुन् ।

फेस्टिभलका निर्णायकमा ओस्कार अवार्ड विजेता ‘नो म्यान्स ल्यान्ड’ का निर्देशक मार्क बास्चेत, गोल्डेन ग्लोब विजयी निर्देशक तथा निर्माता सिद्दिक बर्माकलगायत थिए । ग्रामीण हिमाली भेगको पृष्ठभूमिमा दिदी–भाइबीचको आत्मीय सम्बन्धलाई केलाएर तयार पारिएको फिल्म गत वर्ष रिलिज भएको थियो ।

त्यसमा सिर्जनासहित सौगात मल्ल, अर्पण थापा, लाक्पा सिंगी तामाङ, विद्या कार्कीलगायतको अभिनय छ ।

प्रकाशित : आश्विन २९, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?