कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैं–तिहारमा नाचगान

कान्तिपुर संवाददाता

रौतहट — चन्द्रनिगाहपुर युवा समूहले यसपालि पनि दसैं–तिहार उत्सव गरेको छ  । यो चौथो संस्करणमा दर्शक–स्रोताले नाचगान र प्रहसनको आनन्द उठाए  ।

दसैं–तिहारमा नाचगान

चोक नजिकको मैदानमा आयोजित उत्सवमा आइतबारका आकर्षण थिए गायक प्रमोद खरेल ।
हास्यकलाकार निशान्त कटुवालले बलिउडका विभिन्न कलाकारका क्यारिकेचर गरे । प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि उनले छाडेनन् । गायिका जुनु प्रसार्इंले ‘लैजाऊ घुमाउन मलाई ठमेल बजार’ लगायतका गीत गाइन् । गायक आरके क्षत्रीले पनि कौशल देखाए ।


साँझतिर स्टेज चढेका प्रमोदले आफ्ना लोकप्रिय गीतहरू सुनाए । ‘माया गर्ने मुटु नै हो,’ ‘मबिना कसैकसैको मुस्किल छ पोखरामा,’ ‘ओई झुमा ओई झुमा ओई झुम्कावाली,’ ‘चल बतास चल,’ ‘उसले जति माया’ लगायत गाएर उनले दर्शक–स्रोतालाई भरपूर रमाइलो दिएका थिए ।

प्रकाशित : आश्विन ३०, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?