२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

अस्ट्रेलियामा हरिवंशको कलाकारिताबाट मख्ख परे नेपाली 

नारायण खड्का

अस्ट्रेलिया — हरिवंश आचार्य नेपालीहरुको लागि नयाँ नाम होइन् तरपनि आइतबार उनले कलाकारिताको उत्कृष्ट उदाहरण दिएर यहाँका नेपालीहरुलाई नतमस्तक बनाइदिए ।

अस्ट्रेलियामा हरिवंशको कलाकारिताबाट मख्ख परे नेपाली 

उनको प्रस्तुतीले यहाँका नेपालीहरु नतमस्तक भए। आफ्नै पारिवारिक काममा श्रीमती सहित अस्ट्रेलिया आइपुगेका आचार्यले अष्ट्रेलियाका विभिन्न राज्यहरुमा रहेका नेपालीहरुसँग अन्तरक्रिया गरिरहेका छन् । उनी आफ्नो हास्यव्यंग्य मिसिएको एकल प्रस्तुतीले समेत सबैलाई मख्ख बनाइरहेका छन् ।


आइतबार दक्षिण अस्ट्रेलियाको एडिलेडमा सम्पन्न कार्यक्रममा उनले देखाएको ‘जँडिया’ नाटकले त सहभागी करिब दुई सयलाई पेट मिचिमिचि हसाए। हाँस्यव्यंग्य शैलीमा जाँडरक्सी खाने बानीले घरपरिवार बिग्रिने मात्र नभएर सम्बन्धमा समस्या आउने उनले सन्देश दिएका थिए ।


यहाँ रहेको नेपाली पाठशालाको संयोजकत्वमा विभिन्न संस्थाहरुले मिलेर आयोजना गरेको कार्यक्रममा आचार्यले आफ्नो जीवनी सुनाउँदा अधिकांश सहभागी भावुक बनेका थिए ।


‘हरिवंशजस्तो नेपाली कलाकारिताको हस्तीलाई प्रत्यक्ष भेट्न र कुरा गर्न पाउनु नै यहाँका नेपालीहरुको लागि महत्वपुर्ण हो ।’ कार्यक्रममा सहभागी एनआरएन आईसिसी सदस्य गोकुल घिमिरेले सुनाए । आयोजक संस्थाका सुरेन निरौलाले आचार्य नीजी कामका लागि यहाँ आएपनि उनको कलाकारिता हेर्न र उनलाई नजिकबाट सुन्न र चिन्नका लागि कार्यक्रमको आयोजना गरिएको बताए ।


सामान्य रुपमा अन्तरक्रिया गरिरहेका आचार्य अचानक जँड्याको रुपमा मञ्चमा प्रस्तुती देखाउँदा सहभागीहरु दंग परेका थिए । उनले करिब आधा घण्टासम्म एकल प्रस्तुती दिँदा वान्स मोर र तालीले स्वागत पाएका थिए । सहभागीहरुले उनको कलाकारिताको उच्च प्रशंसा मात्र गरेका थिएनन् कि उनीजस्तो कलाकारितामा पोख्त नेपाली कोही नभएको ठोकुवा नै गरे ।

कार्यक्रममा सहभागी सन्तोषी गौतमले यो स्तरको स्टेज कार्यक्रम आफूले अहिलेसम्म अस्ट्रेलियामा नहेरेको दाबी गरिन् । नेपाली कलाकारिता क्षेत्रमा आचार्यजस्तो कलाकार आफूहरुले नदेखेको अनुभव सुनाईन् ।


कार्यक्रममा आचार्यले अन्य देशको तुलनामा अस्ट्रेलियामा अध्ययन गरेर विज्ञता हासिल गरेका नेपालीहरु मात्र रहेकाले आफ्नो देशमा समेत योगदान गर्न आग्रह गरेका थिए । उनले आफ्नो संघर्षका दिनहरु सुनाउँदा सहभागीहरु नोस्जाल्जिक बनेका थिए भने संघर्ष जीवनको एक सुनौलो पाटो बताउँदै अघि बढ्न सुझाव दिएका थिए । उनले कार्यक्रममा आफ्ना दुई गीतहरु ‘साझा बसमा जो पनि चढ्दछ’ र ‘हाम्री आमा साह्रै नै बाठी छन्’ समेत दर्शकहरुलाई सुनाएका थिए ।


सो अवसरमा उनीद्वारा हस्ताक्षर गरिएको ‘चिना हराएको मान्छे’ र ‘हरिबहादुर’ पुस्तक समेत सर्वसाधारणले खरिद गर्ने अवसर पाएका थिए । कार्यक्रमबाट उठेको रकम नेपालको मानव सेवा आश्रम तथा यहाँ रहेको बोटल फर स्कुललाई सहयोग जुटाईने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित : कार्तिक १२, २०७५ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?