कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

इलाम र दार्जिलिङमा ‘लभ स्टेशन’

विप्लव भट्टराई

इलाम — खुलेको मौसम । चियाबारीले हराभरा डाँडाकाँडा । त्यसभित्र प्रदिप खड्का र जेसिता गुरुङको लुकामारी । रमणीय इलामको पर्यटकीय मौसममा फाइदा लुट्ने यो जोडी कति रोमाञ्चित होला ।

इलाम र दार्जिलिङमा ‘लभ स्टेशन’

दार्जिलिङको करिब १ महिने घुमघाम सेकर पूर्वी इलामको हरियालीको आनन्द लुट्ने उनीहरु मात्रै भने होइनन् । करिब ३ दर्जनको टोली यस्तै घुमघाममा व्यस्त छ ।


यो घुमघामको राज पत्तो पाउन भने २०७५ सालको अन्त्यसम्म कुर्नै पर्ने छ ।


काठमाडौं, पोखरालगायत आसपास क्षेत्रमा देखिने दृष्य सूदुरपूर्व सर्ने क्रममा ‘लभ स्टेशन’ मा छाएको हो । इलामको कन्याम, फिक्कल, अन्तु, जोगमाई खोलालगायतमा सुटिङ भइरहेको लभ स्टेशनले यहाँको पर्यटनलाई बढाउन खोजेको छ । दार्जिलिङको लामो बसाइँपछि इलाम सरेको सुटिङ युनिट चिया वगान, बंगालको खाडीबाट निस्कने घामको झुल्को, हरियाली, लमतन्न हिमश्रृङ्खलाको दृष्य कैद गर्दा दंग देखिन्थ्यो । ‘यो भन्दा कम खर्चमा अन्यत्रै पनि छायांकन गर्न सकिन्थ्यो,’ निर्माता मध्येका गोविन्द शाहीले भने, ‘देश विदेशमा इलामको सुन्दरता पस्कन यो क्षेत्र रोजिएको हो ।’


चलचित्रमा ४० प्रतिशत दृष्य इलामका पर्ने छन् । त्यसमा पनि पूर्वी इलामका अधिकांश । पछिल्लो समय चलिचित्र, म्यूजिक भिडियो, विज्ञापनलगायतमा इलामको दृष्य पर्दामा उतार्ने क्रम बढेसँगै लभ स्टेशनले यसलाई निरन्तरता दिएको हो । ‘हामीले कल्पना पनि नगरेको दृष्यहरु कैद गर्न सकेका छौं,’ शाहीले भने, ‘रिलिजपछि यहाँको पर्यटन क्षेत्रलाई थप टेवा पुग्नेछ ।’


पारिवारिक प्रेम कथामा आधारित चलचित्रकालागि निर्देशक उज्ज्वल घिमिरेले यहाँको प्रकृतिलाई पर्दामा उतार्न खोजेका छन् ।


यसमा साथ दिनेमा प्रदिप खड्का जेसिता गुरुङसहित रमेश बुढाथोकी, सिरु विष्ट, रवि डंगोल, प्रकाश शाह, रश्मी पाण्डे, रेसु भट्टराई, दिनेश काफ्ले, कालु राना र विनोद पौडेललगायत कलाकार मन कुडिने चिसोको वास्ता नगरी सुन्दर दृष्यमाझ कला देखाउन प्रयासरत छन् ।


‘कहा छौ कहाँ’, ‘लिलीविली’ ‘आभास’ र ‘पराई’ बनाएको काफिया फिल्मस्को व्यानरमा निर्माणाधीन चलचित्र गोविन्द शाही, कुसुम शाही (काफिया) र कविर विक्रम शाहीले निर्माण गरेका हुन् ।


मूलुकमामात्र नभएर विश्वभरका नेपाली र नेपालप्रेमी दर्शकसम्म पुऱ्याउन खोजिएको चलचित्र छायांकनमा निकै मिहनेत गरिएको छ । सुटिङको क्रममा नै प्रोडक्सन कम्पनीको खर्च आकाशिएको छ । पर्यटकीय मौसम भएकाले दार्जिलिङ बसाइँ निक्कै महंगो परेको युनिटको भनाई छ ।


चलचित्रमा दार्जिलिङ क्षेत्रका पनि इलाम जत्तिकै दृष्य अटाउने छन् । दार्जिलिङ सहरसहित मिरिक र करस्याङमा फिल्म टोलीले महिनादिन बिताएको छ । असोज ११ गते दार्जिलिङबाट फिल्मको सुटिङ थालिएको हो ।

सन्दकपुरसमेत जाने योजना भए पनि मौसमका कारण अन्तिम समयमा फिल्म युनिटले स्थगित गरेको थियो । चलचित्रका २० प्रतिशत दृष्य काठमाडौं आसपास र जापानमा छायांकन हुनेछन् । चलचित्रको कुल लगानी २ करोड ३० लाख पुग्ने निर्माताको अनुमान छ ।

प्रकाशित : कार्तिक १५, २०७५ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?