३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

फिल्म निर्देशन गर्दै देव

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय मूलका बेलायती अभिनेता देव पटेललाई ‘स्लमडग मिलिनियर’ फिल्मका लागि बढी चिनिन्छन् । उनै अभिनेता अब निर्देशक बन्ने तरखरमा छन् । देवले रिभेन्ज थ्रिलर ‘मंकी म्यान’ को कमान सम्हाल्ने तय भएको छ ।

फिल्म निर्देशन गर्दै देव

विदेशी समाचार माध्यमका अनुसार देव आफ्नो पहिलो निर्देशकीय फिल्ममा अभिनयसमेत गर्नेछन् । त्यसमा उनले भर्खर कैदमुक्त भएको पात्रको भूमिका निर्वाह गर्नेछन् । व्यापारिक मोहमाया र मासिँदै गएको आध्यात्मिक भावसहितको दुनियाँमा उसले भोग्नुपर्ने संघर्ष फिल्ममा देखाइने बताइएको छ ।


वर्तमान भारतको परिदृश्यमा फिल्मलाई पौराणिक कथासँग एकाकार गराइनेछ । देवले पल अङ्गुनाबेला र जोन कोलीसँग मिलेर फिल्मको पटकथा लेखेका थिए । चुङ–हुनको सिनेमाटोग्रीमा सन् २०१९ को प्रारम्भमा फिल्मको छायांकन सुरु गरिनेछ । देवलाई त्यसअघि भने ‘द पर्सनल हिस्ट्री अफ डेभिड कुपरफिल्ड’ र ‘होटल मुम्बई’ फिल्ममा चाँडै देख्न पाइनेछ ।

प्रकाशित : कार्तिक १६, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?