कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भूकम्पमाथि कथा ७२

कान्तिपुर संवाददाता

काठमाडौँ — लोकल सिनेमा प्रालिले ६ वटा फिल्मको घोषणा गरेको छ । साथै लोकल सिनेमाकै ब्यानरमा निर्मित पहिलो फिल्म ‘कथा ७२’ को प्रदर्शनी मिति पनि तोकेको छ ।

भूकम्पमाथि कथा ७२

निर्देशक प्रवीण स्याङ्बोका अनुसार आउँदो मंसिर २८ गतेदेखि देशैभर ‘कथा ७२’ रिलिज हुनेछ । विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छानिएको फिल्म ‘कथा ७२’ आउँदो मंसिर २१ देखि सुरु हुने काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) बाट नेपाल प्रिमियर हुने पनि उनले जनाए ।


२०७२ को महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमाथि फिल्म बनाइएको स्याङ्बोले जनाए । फिल्मको लेखन पनि उनी स्वयंले गरेका हुन् । लोकल सिनेमाको निर्माण तथा आइसफल प्रोडक्सन र दक्षिण अफ्रिकी कम्पनी बिफ्याट मोटेलको सहकार्यमा निर्माण भएको फिल्मलाई ‘सन डान्स अन्तर्राष्ट्रिय अवार्ड’ विजेता चिन्तन राजभण्डारीले छायांकन गरेका हुन् ।


फिल्मको ट्रेलर पनि युटयुबमार्फत सार्वजनिक गरिएको छ । २ मिनेट २६ सेकेन्डको ट्रेलरमा सिन्धुपाल्चोकको उच्च पहाडी क्षेत्र पाँचपोखरी, भोताङलगायत क्षेत्रका दृश्य समेटिएका छन् । ‘फिल्ममा मानवीय यात्रामा महाभूकम्पको प्रभावलाई प्रतीकात्मक दृश्यमा देख्न सकिन्छ,’ निर्देशक स्याङ्बोले भने । ‘कथा ७२’ डर्वन इन्टरनेसनल फिल्म फेस्टिभल–दक्षिण अफ्रिका, सिकागो इन्टरनेसनल फिल्म फेस्टिभल–अमेरिका, हानोइ इन्टरनेसनल फिल्म फेस्टिभल–भियतनाम, सियाटल इन्टरनेसनल फिल्म फेस्टिभल–अमेरिकामा छनोट भई प्रदर्शन भइसकेको छ ।


स्याङ्बोको यो दोस्रो फिल्म हो । यसअघि उनले ‘अध्याय’ निर्देशन गरेका थिए । फिल्ममा आकाश मगर, सुप्रिया राना, भुइसाल लामा, पाल्मो सन्जु, केदार श्रेष्ठ, शारदा अधिकारी, रोमस लगायतको अभिनय रहेको छ । आकाश पौडेल, सुशान्त श्रेष्ठ र प्रवीण स्याङ्बो, रामकृष्ण पोखरेलले फिल्म लगानी गरेका छन् ।

प्रकाशित : कार्तिक २७, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?