रणवीर–दीपिका अब पति–पत्नी

एजेन्सी

काठमाडौँ — बलिउड नायक–नायिका रणवीर सिंह र दीपिका पादुकोणले झन्डै छ वर्ष लामो प्रेमसम्बन्धलाई बुधबार विवाहमा परिणत गरेका छन् ।

रणवीर–दीपिका अब पति–पत्नी

दीप–वीर नाम दिइएको यो जोडीले बुधबार बिहान सातै बजे कोंकणी विधिविधानअनुसार लगनगाँठो कसेका हुन् ।

विवाहका लागि इटाली पुगेका वरबधु विवाहपछि भारत फर्केर २१ नोभेम्बरमा बङलोर र २८ नोभेम्बरमा मुम्बईमा पार्टी दिने तय गरिएको छ । तर त्यसअघि जोडीको बिहीबार पनि सिन्धी परम्पराअनुसार विवाह हुनेछ । बिहीबारको विवाह सिंह परिवारको तौरतरिकाअनुसार हुन लागेको हो । बुधबारको विवाहमा साडीसहित गरगहनामा देखिएकी दीपिकालाई बिहीबार भने लहंगा पहिरनमा बेहुलीका रूपमा उतारिने बताइएको छ । रणवीरले भने शेरवानी लगाउनेछन् ।

रणवीर–दीपिकाले इटालीको तेस्रो ठूलो ताल कोमोलाई विवाहका लागि रोजेका थिए । ताल क्षेत्रकै सात सय वर्ष पुरानो एउटा भिल्लामा भइरहेको वैवाहिक स्थानमा रणवीर पानीजहाजमा जन्ती लिएर

पुगेका थिए ।

विवाहमा परिवार र आफन्तका अलावा बलिउडका हस्ती शाहरूख खानदेखि सञ्जयलीला भन्साली, फराह खानलगायत ४० भन्दा बढी पाहुना सामेल छन् । दीपिकालाई बलिउडमा ‘ओम शान्ति ओम’ मार्फत फराहले नै ब्रेक दिएकी थिइन् भने उनको अपोजिटमा शाहरूख खान थिए ।

दीपिका बलिउड आएको तीन वर्षपछि मात्रै रणवीर ‘ब्यान्ड बाजा बारात’ लिएर छिरेका थिए । छोटो समयमै बलिउडको अग्रपंक्तिका नायकमा दरिन सफल ३३ वर्षीय रणवीरलाई सन् २०१२ मा फोब्र्स म्यागाजिनले भारतका एक सय सेलेब्रिटीको सूचीमा राखेको थियो ।

दीपिका–रणवीरको विवाहलाई लिएर उनका फयानहरू पनि उत्साहित देखिएका छन् । फयान क्लबहरूले समेत विवाहलाई थप उल्लासपूर्ण बनाउन र स्टारप्रति प्रेम दर्साउन विशेष संगीत रात्रि आयोजना गरेका थिए भने मेहन्दीमा पनि ‘दीपवीर’ लेखेका थिए ।

प्रकाशित : कार्तिक २९, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?