“प्रसाद” को प्रिमियर

काठमाडौँ — नि:सन्तान दम्पतीको कथाव्यथा समेटिएको फिल्म ‘प्रसाद’ को बुधबार राजधानीमा प्रिमियर सो गरियो । प्रिमियरका क्रममा निर्देशक राउतले फिल्ममा ‘विवाहपछिको प्रेमसम्बन्ध र त्यसपछि सन्तान नहुँदा सम्बन्धमा आइपर्ने उतारचढाव फिल्ममा समेटिएको’ बताए ।

“प्रसाद” को प्रिमियर

विगतमा आफूले प्रेमकथामा आधारित फिल्म बनाएको बताउँदै यसपटक गम्भीर विषयवस्तु पस्किएको पनि उनले जनाए ।


फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठ ‘सन्तान सुखका लागि संघर्ष नारी’ को भूमिकामा छिन् भने विपिन कार्की कथित माथिल्लो जातकी युवती भगाउने दलित युवा बाबुरामको भूमिकामा छन् । ‘एकदम फरक भूमिका गरेकी छु,’ अभिनेत्री नम्रताले भनिन्, ‘पक्कै पनि दर्शकले मन पराउनुहुनेछ ।’ विपिनले पनि आफूले पहिलोपटक गम्भीर पात्रको रूपमा अभिनय गरेको सुनाए ।


फिल्ममा निश्चल बस्नेतचाहिँ यी दुई (बाबुराम र नारायणी) को साथीको रूपमा छन् । उनले पनि प्रसादमा फरक काम गरेको बताए । ‘विपिन र नम्रताजस्ता खारिएका कलाकारसँग काम गर्दा गाह्रो पनि पर्‍यो,’ उनले भने ।


फिल्मलाई सञ्चारकर्मी सुशील पौडेलले लेखेका हुन् भने सुवास थापाले निर्माण गरेका हुन् । विपन्न वर्गको साना–साना समस्या उठाएर प्रसादको आलेख तयार गरेको पौडेले बताए । अभिनेता भुवन केसी, दीपकराज गिरी, अभिनेत्री ऋचा शर्मालगायतले फिल्म मन परेको प्रतिक्रिया दिए । शुक्रबारदेखि फिल्म देशव्यापी रिलिज हुँदै छ ।

प्रकाशित : मंसिर २०, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?