२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

मेक्सिकोलाई मिस वर्ल्ड 

शृंखलालाई दुई सबटाइटल

काठमाडौँ — यस वर्षको मिस वर्ल्डको उपाधि पहिलो पटक मेक्सिकोको पोल्टामा पुगेको छ । चीनको सान्यामा शनिबार साँझ आयोजित ६८ औं मिस वर्ल्डको ग्रान्ड फिनालेमा २६ वर्षीया मेक्सिकन सुन्दरी भनेस्सा पोन्सले एकसय १७ प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिएकी हुन् ।

मेक्सिकोलाई मिस वर्ल्ड 

उनलाई भारतकी पूर्व मिस वर्ल्ड मानुषी चिल्लरले ताज लगाइदिएकी थिइन् । त्यसैगरी थाइल्यान्डकी निकोलिनी मिम्सनुकान रनरअप भएकी थिइन् । प्रतियोगिताको उत्कृष्ट पाँचमा बेलारुस, जमैका र युगान्डाका सुन्दरी पनि छानिएका थिए ।


नेपालकी शृंखला खतिवडा भने उत्कृष्ट १२ बाट माथि जान सकिनन् । मुख्य टाइटलका लागि भएको प्रतिस्पर्धामा नेपालको यो नै अहिलेसम्मको महत्त्वपूर्ण उपलब्धि हो ।


२३ वर्षीया मिस नेपाल खतिवडाले मिस वर्ल्डका दुई सबटाइटल मल्टिमिडिया र ब्युटी विथ अ पर्पस अवार्ड भने जित्न सफल भइन् । हेटौंडाकी शृंखलाले आर्किटेक्चरमा स्नातक गरेकी छन् ।

प्रकाशित : मंसिर २३, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?