३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘नाच माया...’ भन्दै दया

काठमाडौँ — चर्चित गीत ‘सुन साइँली...’ बाट बनेको गायक हेमन्त राना र त्यसमा अभिनय गरेका गौरव पहारीको जुगलबन्दी ‘साइँली’ फिल्मको निर्माताका रूपसम्म गाँसिएको छ । आइतबार उक्त फिल्मको पहिलो गीत ‘नाच माया...’ सार्वजनिक गरिएको छ ।

‘नाच माया...’ भन्दै दया

राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारलाई विवाहको प्रसंगमा नचाइएको छ । अभिनेता दयाहाङ राई र गौरवसँगै गीतमा मेनुका प्रधान र केनिपा सिंहलाई कोरियोग्राफर विक्रम स्वाँरले नचाएका हुन् ।


चैत १५ देखि प्रदर्शनमा आउन लागेको ‘साइँली’ को निर्देशन ‘कबड्डी’ फेम रामबाबु गुरुङले गरेका हुन् । पटकथा पनि उनैको हो । फिल्मले कामको खोजीमा बिदेसिनु र पतिको यादमा तड्पने पत्नीको व्यथालाई समेटिएको बताइएको छ । ‘सुन साइँली...’ गीतले पनि यसै मर्मलाई समातेको थियो । हर्क साउदको शब्दमा हेमन्तले नै गाएको ‘नाच माया...’ मा सुशान्त गौतमको संगीत छ ।


फिल्ममा गौरव, मेनुका, दयाहाङ, केनिपासँगै माओत्से गुरुङ, प्रकाश घिमिरे, पुष्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चामलिङ राई, सुषमा निरौला, इष्टु कार्की, सरोज अर्याल, अरुणा कार्कीलगायतको अभिनय रहेको छ । फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् भने निर्माणमा विशाल गुरुङ र मोहन राना मगर पनि छन् ।

प्रकाशित : मंसिर २४, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?