१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अनमोलको ‘क्याप्टेन’ लुक

काठमाडौँ — अहिलेका हटकेक हिरो अनमोल केसी ‘कृ’ मा एकाएक एंग्री योङ लुकमा देखिए । लभरब्वाईको रूपमा फिल्ममा आफूलाई पस्कँदै आएका अनमोल बदलाभावको ‘कृ’ मा पनि फिट नै देखिए ।

अनमोलको ‘क्याप्टेन’ लुक

यति बेला भने उनै स्पोटर्स जानराको ‘क्याप्टेन’ मा फुटबलरको रूपमा देखिने जमर्को गर्दै छन् । सोमबार सार्वजनिक गरिएको दिवाकर भट्टराई निर्देशित उक्त फिल्मको एक पोस्टरमा अनमोल फुटबलसहित एक्लै देखिए । अर्को पोस्टरमा भने उनलाई अभिनेताद्वय सुनील थापा र प्रशान्त ताम्राकारले साथ दिएका छन् ।


निर्देशक भट्टराईकै पटकथा रहेको ‘क्याप्टेन’ लाई भुवन केसीले बनाएका हुन् । फिल्ममा विल्सनविक्रम राई, राजाराम पौडेल, सूर्यमाला खनाल, बुद्धि तामाङ, अमित श्रेष्ठ पनि रहेका छन् भने यसै फिल्मबाट उपासनासिंह ठकुरी र प्रियंका एमभीले डेब्यु गर्दै छन् ।

प्रकाशित : मंसिर २५, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?