फुर्सदमा फरुवा

नवीन पौडेल

परासी — धान भित्र्याउने काम सकियो । खेतबारीमा गहुँ हुर्किंदै छ । सामान्य घरायसी र सिँचाइबाहेक परासी आसपासका बासिन्दा फुर्सदिला छन् । पारिलो घाम ताप्दै भलाखुसारीमा व्यस्त उनीहरू चोक, बजारमा भेला भएर उस्तै रमाइलो गरिरहेका छन् । यही रमाइलोमा पर्छ फरुवा नाच । 

फुर्सदमा फरुवा

विभिन्न स्थानमा मेला, महोत्सव, खेलकुद र धार्मिक कार्यक्रम सञ्चालन भइरहेका छन् । फरुवा नाच त्यहाँभित्र पनि छिरेको छ । यो यादव समुदायको परम्परागत नाच हो । हलोको फाली दुई वटा आंैलामा राखेर आवाज निकाल्ने, खुट्टामा घुँघुरु बाँधेर डफला बजाउँदै चुटकामा नाचिन्छ ।


पहिले वाद्यवादनका साधन हुन्थेनन् । फलामको फाली जुधाएर आकर्षक धुन निकालिन्थ्यो । यसमा पुरुषले मात्र नृत्य गर्छन् । अभिनय र आकर्षक नृत्यले दर्शकलाई आकर्षित गर्छ । कला र साहसको संयोजनका रूपमा शरीरमा इँटा फुटाउने, दाँतले टोकेर मानिसलाई उचाल्नुका साथै विभिन्न शारीरिक अभ्यास प्रस्तुत गरिन्छ ।


‘यादव समुदायको मौलिक संस्कृति भए पनि तराईमा बसोबास भएका सबैले मन पराउँछन्,’ परासीका रामवृक्ष यादवले भने, ‘कला, साहस र संगीतमार्फत मनोरञ्जन मिल्छ । समाजमा सकारात्मक सन्देश पनि प्रवाह गरिन्छ ।’


खुसीको क्षणमा मात्र नाचिँदैन । दु:ख, पीरमा परेका बेला पनि यो नृत्य गरिन्छ । यो नाचले जीवन संघर्ष र दु:खसुख एक रथका दुई पांग्रा हुन् भन्ने सन्देश दिएको सुक्रौलीका रमेश यादवले बताए । पाका पुस्ताले मात्र नाच देखाउने गरेका छन् ।


पाल्हीनन्दनका ६५ वर्षीय नरेश यादवले मेला, महोत्सव तथा औपचारिक कार्यक्रममा तराईको पहिचान भन्दै नाच देखाउन बोलाउने गरेको बताए ।

प्रकाशित : मंसिर २८, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?