१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आरम्भ भयो ‘शुभारम्भ’

काठमाडौँ — गायक तथा संगीतकार शशी घिमिरे र गीतकार लक्ष्मी अर्यालको पहिलो एल्बम ‘शुभारम्भ’ सार्वजनिक गरिएको छ ।  

आरम्भ भयो ‘शुभारम्भ’

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ लोकगायक कुमार बस्नेत, वरिष्ठ गीतकार कृष्णहरि बराल, गायक–संगीतकार नरहरि प्रेमी, सूर्य थुलुङलगायतले उक्त एल्बम संयुक्त रुपमा विमोचन गरे । एल्बम विमोचन कार्यक्रममा लोकगायक बस्नेतले नेपाली सांगीतिक फाँटमा शशी र लक्ष्मीको शुभारम्भलाई सफलताका लागि शुभकामना दिए । त्यस्तै गीतकार बरालले शुभारम्भका सबै गीत उत्तिकै सुमधुर रहेको उल्लेख गर्दै लक्ष्मीको रचना र शशीको गायनमा तालमेल मिलेको बताए ।


गायक शशीले लामो समयको मिहिनेतबाट आफ्ना गीतलाई एल्बमको रुपमा परिणत गर्न पाएकोमा खुसी ब्यक्त गरे । गायनयात्रा अनवरत रुपमा अघि बढाउनेसमेत उनले बताए ।


कार्यक्रममा एल्बममा समावेश 'सपनीमा डुल्छ्यौ तिमी' बोलको गीतको भिडियो देखाइएको थियो । नारायण ओलीको संगीत रहेको गीतको भिडियोमा महावीर विश्वकर्मा, आस्मा घिमिरे र कृष्णराज तिमल्सिनाले अभिनय गरेका छन् । सञ्चारकर्मी एवं अभिनेता भोलादीप तिमिल्सिनाले निर्देशन गरेको भिडियो रोहित विक्रम कार्कीले खिचेका हुन् ।

प्रकाशित : पुस १, २०७५ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?