२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कत्थकमा बलिउड स्वाद

अजित तिवारी

जनकपुर — जनकपुर मंगलबार साँझ अलि बेग्लै वातावरणमा झुम्यो । शास्त्रीय नृत्य कत्थकमा फयुजन 
गरिएको बलिउड स्वादले जनकपुरियालाई नौलो अनुभव गरायो । 

कत्थकमा बलिउड स्वाद

जनकपुर उद्योग वाणिज्य संघको हलमा भारतकी कत्थक नृत्यांगना आशाभरि पवार । भारतको स्वामी विवेकानन्द कल्चर सेन्टरका कलाकारले त्यसपछि जुन ‘समा’ बाँधे, त्यो हेर्न लायक थियो ।


गणेश बन्दनाबाट थालिएको कत्थकको बलिउड स्टाइल ‘जय हो’ सम्म पुग्दा दर्शक कुर्सी छोडेर उठे । ‘कत्थक नृत्यको यो स्वाद पहिलो पटक महसुस गरें,’ जनकपुरका व्यवसायी इन्द्रजित झाले कान्तिपुरसँग भने, ‘बलिउड गीतमा कत्थक नाच्नु सामान्य हैन ।’


‘मुझे रंग दे...’ गीतमा पवारको नखरा गज्जबको थियो । छिनमै रिसाउने, फेरि फकाउने । लजाउने अनि मुस्कुराउने । आँसुले आँखा पिलपल पारे पनि केही नभएजस्तो भान पार्ने ।


नेपाल र भारतको कला संस्कृतिसँग परिचित हुन भारतीय दूतावासले भरतपुर (चितवन), वीरगन्ज र जनकपुरमा कत्थक विथ बलिउड स्टाइल साँझको आयोजना गरेको हो । नेपाल भारत मैत्री युवा संघले तीनवटै कार्यक्रमको संयोजन गरेको संघका कृष्णा सिंहले बताए ।


भारतीय दूतावासका प्रथम सचिव केदारनाथ शर्माले उत्तर भारतको पुरानो नृत्य कत्थकलाई नेपाली कला संस्कृतिसँग परिचित गराउन नेपाल यात्रा थालिएको बताए ।

प्रकाशित : पुस ५, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?