कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलिउडका तीन खानलाई फापेन सन् २०१८

गोविन्द पोखरेल

काठमाडौँ — बलिउडमा तीन खानहरुले राज गर्दै आएका छन् । सन् २०१८ भने उनीहरुका लागि अनुकूल बन्न सकेन । यो वर्ष खानका फिल्महरुले सोचे अनुसारको सफलता हासिल गर्न सकेनन् । सलमान, आमिर र शाहरुख खानका यो वर्ष एक/एकवटा फिल्म रिलिज भए । दर्शकहरुको मन जित्न नसकेपछि उनीहरुको चर्को आलोचना भएको छ । स्टारडम र फ्यान्सको भरमा मात्र फिल्म चल्दैनन् भन्ने गतिलो उदाहरण यस वर्ष खानहरुले पाएका छन् ।

बलिउडका तीन खानलाई फापेन सन् २०१८

के सन् २०१८ बाट खानहरुको असफलता सुरु भएको हो ? सुपरहिट फिल्म दिने यी तीन खानका फिल्महरुले यस वर्ष दर्शकहरुको मन जित्न सकेनन् । उनीहरुका प्रशंसक निराश देखिए । बलिउडका 'भाइजान' सलमान खानको 'रेस-३' ईदको अवसर पारेर रिलिज भयो । 'मिस्टर पर्फेक्टसनिष्ट' आमिर खानको दिपावलीमा 'ठग्स अफ हिन्दुस्तान' रिलिज भयो । बलिउडका 'बादशाह' शाहरुख खानको क्रिसमसको केही दिनअघि 'जिरो' रिलिज भयो ।

प्रायः बिदा र पर्वको अवसर पारेर यिनीहरुका फिल्म रिलिज हुने गरेको छ । फिल्मले सोचे अनुसारको सफलता हासिल गर्न नसक्दा बलिउडका खानहरुका लागि सन् २०१८ खराब बनेको छ ।


सलमानको 'रेस-3'

ट्युबलाइट हिट नभएपछि सलमानले रेस-३ हिट हुने अपेक्षा गरेका थिए । तर, उनको अपेक्षा पूरा हुन सकेन । रेस-३ बाट सलमानले धेरै आलोचना सहनु पर्‍यो । उसो त, उनी पछिल्लो समय मुकेश आम्बानीकी छोरीको विवाहको अवसर पारेर आयोजित सांगीतिक कार्यक्रममा ब्याक ग्राउण्ड डान्सर बनेको भनेर आलोचित बने ।

सलमानको उक्त फिल्मले धेरै कम रेटिङ पायो । टाइम्स अफ इन्डियाले यो फिल्मलाई ५ मा २ स्टार दियो । रोटन टम्याटोले १० मा २ दशमलव १ रेटिङ दियो । हिन्दूस्तान टाइम्सका रोहित भाट्सले ५ मा १ दिए । सीएनन न्यूज-१८ का राजीव मसन्दले ५ मा १ रेटिङ दिँदै फिल्म पूर्ण रुपमा भद्दा भएको प्रतिक्रिया नै दिए ।


फिल्ममा अनिल कपुर, बवि देओल, ज्याकिलिन फर्नान्डिज, शकिव सलिम लगायतको अभिनय छ । रिलिजको पहिलो दिनमा धेरै कमाउने फिल्मको रेकर्ड राखे पनि दर्शकहरुको मन भने जित्न सकेन । नराम्रो प्रतिक्रिया पाए पनि बक्स अफिलसमा भने राम्रै व्यापार गर्‍यो । फिल्मले एक सय ६९ करोड भारु मात्र कमायो ।

ववि देओललाई कम्ब्याक गराउने उद्देश्यले सलमानले रेस-३ मा ल्याएका थिए । तर फिल्म हिट नभएपछि त्यो उद्देश्य पूरा हुन सकेन । स्टारले मात्र फिल्म चल्दैन भन्ने गतिलो उदाहरण रेस-३ले दिएको छ ।


आमिरको 'ठग्स अफ हिन्दुस्तान'

सधैँ फरक अभिनय र कथा भएको फिल्म खेल्ने मिस्टर फर्फेक्टसनष्ट आमिर खानका लागि सन् २०१८ खराब बन्यो । फिल्मको लगानीको करिब ६ हजार प्रतिशत कमाइ गरेको सेक्रेट सुपरास्टारबाट अमिरले सबैको वाही वाही कमाए ।

तर उनको त्यो वाहीवाही एक वर्ष पनि टिक्न सकेन । पुरानो कथा लिएर ठग्स अफ हिन्दुस्तान फिल्म भएपछि आमिरले धेरैको आलोचना सहनु पर्‍यो । फिल्मले समाजलाई दिने सन्देश समेत राम्रो भएन । चलचित्र असफलताको पूरा जिम्मेवारी आफूले लिने बताउँदै उनले दर्शकको सोचअनुसार नभएकोमा माफीसमेत मागे ।


सधैं भरोसायोग्य फिल्म दिने आमिरका लागि ठग्स अफ हिन्दुस्तान करिअरकै खराब फिल्ममध्ये एक मानियो । फिल्मको व्यापार सन्तोषजनक समेत भएन । यो फिल्म बक्स अफिसमा पनि असफल भयो । तिहारमा रिलिज भएको यो फिल्ममा अमिरका अलावा अमिताभ बच्चन, क्याट्रिना कैफ लगायतको अभिनय छ । फिल्मले १ सय ४५ करोड भारु कमायो ।


शाहरुखको 'जिरो'

शाहरुख खानलाई जिरोले केही अवसर दिने बताइएको थियो । गत साता रिलिज भएको यो फिल्मले शाहरुखलाई सोचे अनुसारको सफलता नदिने देखिएको छ । फिल्म रिलिजको चौथो दिनसम्म आइपुग्दा व्यापारमा गिरावट आएपछि उनको पनि अधो गति सुरु भएको फिल्मी पण्डितहरुले दाबी गरेका छन् ।

रावनबाट आरोला लागेका शाहरुखको फिल्मी करियरलाई दिलवाले र फ्यानले पनि शाख जोगाइदिएनन् । रोटन टम्याटोले १० मा २ रेटिङ दियो । सीएननन्यूज-१८ का राजीव मसन्दले ५ मा २ रेटिङ दिएका छन् । जिरोलाई एस कन्नड चलचित्र केजीएफले कमाइमा उछिनेपछि विभिन्न प्रतिक्रिया आइरहेका छन् ।


यो वर्ष बलिउडमा कम लगाानी र राम्रो कथावस्तु समेटिएर निर्माण गरिएका फिल्महरु सुपरहिट भए । लभ रञ्जनको निर्देशन रेहको 'सोनु की स्वटी',अलिया भट्टको 'राज्जी' श्रदा कपुरको 'स्त्री',आयुषमान खुरानाको 'अन्धाधुन' र 'बधाई हो' सपुरहिट भए । यसका अलावा रजनीकान्तको '२.o',टाइगर श्रावको 'बाग्गी-२', ,सञ्जय दत्तको बायोपिक 'सञ्जु' पनि सुपरहिट भए ।

एजेन्सीको सहयोगमा

प्रकाशित : पुस १२, २०७५ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?