सिम्बाको पहिलो दिनको कमाइ २१ करोड भारु

काठमाडौँ — शुक्रबार रिलिज भएको बलिउड चलचित्र सिम्बाले पहिलो दिनमा राम्रो व्यापार गरेको छ । रोहित सेट्टीको निर्देशन र रणविर सिंहको अभिनय रहेको फिल्मले पहिलो दिनमा २१ करोड भारु कमाएको छ ।

सिम्बाको पहिलो दिनको कमाइ २१ करोड भारु

रिलिजको पहिलो दिनमा फिल्मले गरेको व्यापार राम्रै मानिएको छ ।


रणविरको यो वर्ष पद्मावत पनि रिलिज भएको थियो । पद्ममावत सन् २०१८ को बलिउडको ब्लक ब्लस्टर फिल्म हो । रोहित सेट्टिले गत वर्ष 'गोलमान एगेन' निर्देशन गरेका थिए ।


फिल्ममा रणविर सिंह एसीपीको भूमिकामा छन् । रणविरका अलवा फिल्ममा सारा अली खान,अजय देवगन,सोनु सुद लगायतको अभिनय रहेको छ ।

प्रकाशित : पुस १४, २०७५ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?