कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

अभिनेता राकेश रोशनलाई क्यान्सर 

काठमाडौँ — बलिउड अभिनेता एवं फिल्म निर्देशक राकेश रोशनलाई क्यान्सर भएको छ । ६० वर्षीय राकेशलाई क्यान्सरको पहिलो चरणको लक्षण देखिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अभिनेता राकेश रोशनलाई क्यान्सर 

उनका छोरा एवं अभिनेता ऋतिक रोशनले सामाजिक सञ्जालमा तस्बिर हाल्दै राकेशको अवस्थबारे जानकारी गराएका हुन् । राकेशको मंगलबार सर्जरी हुने ऋतिकले जनाएका छन् ।


ऋतिका अनुसार राकेशलाई 'स्क्वामोस सेल कार्सीनोमा' अर्थात् गलाको क्यान्सर भएको छ । राकेश रोशनले आफ्नो फिल्मी करियर सन् १९७० को 'घर घर की कहानी' बाट सुरु गरेका थिए ।

उनले सन् १९८७ मा 'खुदगर्ज' निर्देशन गरेका थिए । उनकै निर्देशनमा 'कोयला', 'करण-अर्जन' जस्ता चर्चित फिल्म बनेका छन् । राकेशले सन् २००० को 'क हो ना प्यार हे' बाट आफ्नो छोरा ऋतिकलाई बलिउडमा डेब्यू गराएका थिए ।


ऋतिक पछिल्लो समय 'सुपर-३०' नामक चलचित्रको काममा व्यस्त थिए भने उनको बुवा राकेश 'क्रिस-४'को तयारीमा थिए ।

प्रकाशित : पुस २४, २०७५ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?