१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘बिहे गरेको हिजोजस्तो लाग्छ’

काठमाडौँ — ऐश्वर्या राय र अभिषेक बच्चन यसै वर्ष विवाहको १२ औं वार्षिकोत्सव मनाउने तरखरमा छन् । ऐश्वर्यालाई भने अझै हिजै मात्र विवाह गरेजस्तो लाग्छ रे !

‘बिहे गरेको हिजोजस्तो लाग्छ’

एउट भारतीय म्यागजिनसँग उनले भनेकी छन्, ‘बिहे गरेको साँच्चै हिजोजस्तै लाग्छ । अझ रमाइलो त के भने, सबैले यस्तै सोच्ने रहेछन् । तर वास्तविकता, हाम्रो बिहेको यो अप्रिलमा १२ वर्ष पुग्दै छ र राम्रै चलिरहेको छ । यो महत्त्वपूर्ण संकेत हो । यत्तिका समय कसरी बित्यो, मैलाई थाहा छैन ।’


यसबीच बेलाबेला पति–पत्नी बहस चर्केको पनि उनले खुलाइन् । ‘झगडा गर्नु र बहस गर्नुबीच निकै मसिनो धर्को हुन्छ । हामी दुईले यसको मर्म पहिल्याएका छौं,’ उनले भनेकी छन्, ‘हामी खुब चर्को बहस गर्छौं । म यसलाई सौम्य किसिमले आत्मसात् गर्ने गर्छु । हामी प्राय: वादविवाद गरिरहेका हुन्छौं ।’ उनले झगडा भने नहुनेतर्फ संकेत पनि गरिन् ।


ऐशले अभिषेकको मन नपर्ने बानीबारे सीधा जवाफ दिन भने चाहिनन् । तैपनि यति भनिन्, ‘बाह्र वर्ष भइसक्यो । मलाई थाहा छैन, अझ साथीका रूपमा त्यो भन्दा कति अघिदेखि

जान्दथ्यौं । एकअर्कालाई धेरै लामो समयदेखि चिन्थ्यौं । हामी सधैं छलफल र कुराकानी गरिरहेका हुन्थ्यौं । जे होस्, हामीबीच इन्द्रेणी सम्बन्ध रहँदै आएको छ ।’


४५ वर्षीया नायिकाले विवाहका लागि पहिलो प्रस्ताव अभिषेकले न्युयोर्कमा छँदा गरेको पनि कुराकानीका क्रममा खुलाइन् । दुवै अभिनीत फिल्म ‘गुरु’ को टोरन्टो प्रिमियरका बेला अभिषेकले प्रस्ताव राखेका थिए । तर दुवैको सम्बन्ध भने त्यसको आठ महिनापछि मात्रै सन् २००७ मा इन्गेजमेन्ट भएपछि मात्रै सार्वजनिक भएको थियो र तीन महिनापछि नै विवाह गरेका थिए । यति बेला उनीहरूकी छोरी नै सात वर्षकी भइसकेकी छन् ।


अभिषेक र ऐश पहिलो पटक ‘ढाई अक्षर प्रेम के’ मा सँगै काम गरेका थिए, जसमा ऐशका तत्कालीन प्रेमी सलमान खानले समेत केमियो गरेका थिए । ‘कुछ ना कहो’ मा पनि सँगै देखिएको उक्त जोडी २००६ मा रिलिज भएको ‘धुम २’ को सुटिङदेखि प्रेममा थियो । ऐश–अभिषेकको विवाहित जोडीलाई मिडियाले सुपर कपलका रूपमा व्याख्या गर्छन् । २००९ मा उक्त जोडी द ओप्रा विन्फ्रे सोमा देखिँदा हलिउडका ब्राड पिट र एन्जेलिना जोलीको जोडीभन्दा चर्चित मानिएको थियो ।

एजेन्सी

प्रकाशित : पुस २५, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?