१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

रेश्माको ल्होछार कोसेली 

काठमाडौँ — सोनाम ल्होछार आउन केही दिन बाँकी छ । तामाङ समुदायको यही मौलिक पर्वलाई लक्ष्य गरी गायिका रेश्मा बम्जनले ‘आमैले होई आमैले...’ गीत सार्वजनिक गरेकी छन् । सेलोलाई आधुनिक शैलीमा प्रस्तुत गरिएको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो ।

रेश्माको ल्होछार कोसेली 

युवायुवतीबीचको प्रेमिल संवाद आधारित गीतमा योगेश लामाको पनि स्वर छ ।


प्रेम बल लामाको रचना र योगेशकै संगीत रहेको गीतको भिडियो निर्देशन सूर्य लामा र कोरियोग्राफी अभि लामाले गरेका हुन् । म्युजिक भिडियोमा रोहणी लामा र आरम्भ तामाङले खेलेका छन् ।

प्रकाशित : पुस २५, २०७५ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?