माई मेउरी र कमर छठ

क्यानभासमा अवधी कला
मधु शाही

बाँके — घरको सानो कोठामा चित्रकला स्टुडियो छ । त्यहाँ अवधी लोककला र संस्कृतिसम्बन्धी अध्ययन सामग्री छन् । आफैंले खोलेको अवधी कला अनुसन्धान केन्द्रको कार्यालय त्यहीं रहेको छ ।

चित्रकार विष्णुलाल कुमाल आ–आफ्ना सिर्जनासाथ । तस्बिर : मधु/कान्तिपुर

विष्णुलाल कुमाल नयाँ अवधी लोकचित्र बनाइरहेका छन् । ‘माई मेउरी’, ‘कमर छठ’, ‘कर्वाचौध’, ‘साँप झार्ने’ उनले बनाउँदै आएका केही लोकचित्रका शीर्षक हुन् । यी सबैबारेरमाइला मिथक छन् । “जस्तो ‘माई मेउरी’ कै कुरा गरूँ,’ उनले भने, ‘यो चित्र गाईको गोबरले ढोकाको बाहिर दायाँ र बायाँ भागमा लेख्ने गरिन्छ ।बिहेमा लेखिने यो चित्र घरका चेलीबेटीले बनाउनुपर्छ ।’

Citizen

बिहेमा पाकेका परिकार भित्ताका तिनै चित्रलाई खुवाएपछिभोज सुरु हुने परम्परा रहेको उनले बताए । ‘कतैकतै यो परम्परा
अहिले पनि छ,’ उनले भने, ‘महिलाले अवधी संस्कृति जोगाउँदै आएका छन् ।’ माई मेउरीको चित्रमा कालो रंग प्रयोग गर्न पाइँदैन । अवधी कलामा रंगको छनोट गर्दा पनि संस्कृति अध्ययन गर्न जरुरी रहेको उनले बताए ।

‘कमर छठ’ अवधी संस्कृति बोकेको अर्को सुन्दर चित्र हो । छोराछोरीको दीर्घायुको कामना गर्दै महिलाले भित्तामा पुज्ने कला यसअन्तर्गत पर्छ । कोठामा चाङ पारेर राखिएका अवधी कला देखाउने क्रममा कुमालले ‘साँप झार्ने’ ठूलो चित्र निकाले । त्यसमा सर्पले डसेको बिरामीवरिपरि मान्छे झुम्मिएका छन् । कानको छेउमै थाल बजाइरहेको आकृति छ ।

यो चित्रमा कुमालको पुख्र्यौली सम्झना जोडिएको छ । उनका बाबुले साँप (विष) झार्ने काम गर्थे रे † बिरामी निदायो भने सर्पको विष झर्दैन भनेर कानमा थाल बजाउने चलन थियो । ‘अहिले डाक्टर विधि आइसक्यो,’ उनले भने, ‘चित्र र परम्परा सम्झनामा रहे ।’
आफ्नो कला र संस्कृति अरूले जोगाउलान् भन्ने भ्रममा उनी छैनन् । उमेरले सात दशक पार गर्दा पनि क्यानभासमाअवधी लोककला निरन्तर उतारिरहेका छन् ।

नेपालगन्ज उपमहानगर– पालिकामा बसोबास गरिरहेका दुई/चार जना चित्रकार यस्ता सिर्जनाका लागि चिनिन्छन् । तिनमा श्यामानन्दसिंह ठकुरी र आशाराम मौर्या पनि पर्छन् ।

पछिल्लो समय मौर्यालेचित्रकारिता छाडेका छन्, बुढयौलीका कारण । उनले आफ्ना केही चित्र यत्तिकै राखेका थिए । तिनलाई संकलन गरेर कुमालले पुस्तकाकार रूपमा निकालिदिए ।

‘भावी पुस्तालाई अध्ययन गर्न काम लाग्छ भनेरमैले उहाँका चित्र सँगालेर पुस्तकको रूप दिएको हुँ,’ कुमालले भने । कुमाल जानेदेखि अवधी लोककला र संस्कृतिमा हुर्किए । भित्ता र भुइँमा बनाउँदै आएका चित्रलाई क्यानभासमा सजाउन थाले । तर, बिक्री कहिल्यै गरेनन् । आफूले बनाएका चित्र अहिले पनि बेच्न मान्दैनन् । कलाकार व्यापारी हुनु हुँदैन भन्ने उनको मान्यता छ । कसैले मागिहाले भने, सम्मानका साथ उपहार दिन्छन् । उनले बनाएका चित्र कुनै बेला सरकारी कार्यालयमा पनि सजिएका थिए । ‘अचेल आधुनिक कलाले सबै बिर्साइदियो,’ उनले भने, ‘तैपनि, म लोककला कोरिरहेको छु ।’

चित्रकार श्यामानन्दसिंह ठकुरी आ–आफ्ना सिर्जनासाथ । तस्बिर : मधु/कान्तिपुर


ठकुरीले सिक्ने भएदेखि अवधी कला कोर्दै आएका छन् । खाटमुनि थन्काएका अवधी लोककला देखाउँदै उनले भने, ‘प्रदर्शनी गर्ने रहर छ । खर्च लाग्छ, कहाँबाट ल्याउनु ?’उनले अवधी जीवनशैली झल्किएका छन् । २५ वर्ष सरकारी सेवामा सक्रिय भई अवकाश पाएका उनले कहिल्यै चित्र कोर्न छोडेनन् । बेलाबखत आधुनिक कलासमेत बनाउने उनलाई अवधी कला विशेष लाग्छ । उनले एक वर्षमा ४० वटा अवधी लोक चित्रकला बनाएका छन् । तिनको न प्रदर्शनी हुन सकेको छ, न त राख्नेठाउँ छ । स्थान नभएपछि
उनले खाटमुनि फाइलिङ गरेर राखेका छन् ।

ठकुरीका अनुसार, अवधी लोककलामा सूर्य र चन्द्रमा प्रतीक छुटाउनै हुन्न । उनका सबै चित्रमा यिनै आकृति पाउन सकिन्छ ।
कुमालका अनुसार, लोककला प्राचीन परम्परादेखि चलिआएको कला हो । भगवान् राम वनबासबाट फर्केपछि अयोध्यावासी खुसी भए । त्यही खुसी साट्न उनीहरूले घरका भित्ता, भुइँ सिंगार्न थाले । खुसी साट्ने माध्यमकै रूपमा अवधी लोककला सिर्जना भएको हो ।

‘प्रशन्नताको अभिव्यक्ति हो अवधी लोककला,’ कुमालले भने । उनका अनुसार अझै पनि गाउँघरमा महिलाले घर र भित्तामा अवधी कलाकृति बनाउँछन् । तर, क्यानभासमा उतार्ने कम छन् ।

प्रकाशित : पुस २६, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्

विश्वविद्यालयको बाँडचुँड 

सम्पादकीय

काठमाडौँ — विश्वविद्यालय खोल्ने अन्तर्राष्ट्रिय लहर थियो । २००५ सालमा प्रधानमन्त्री मोहनशमशेरले पनि मन बनाए । विद्वान्‌हरु सम्मिलित एउटा सभा गठन गरे । त्यसले अध्ययन गरिरहेका बेला २००७ सालको जनआन्दोलन भयो । देशमा प्रजातन्त्र आयो । दुई प्रतिशत नेपाली मात्र साक्षर थिए । सरकारले प्राथमिक शिक्षामा जोड दियो ।

कीर्तिपुर प्रहरीको निर्माणाधीन भवन ।

राजा त्रिभुवन बितेपछि उनका दुई रानी कान्ति राज्यलक्ष्मी र ईश्वरी राज्यलक्ष्मीले नवराजा महेन्द्रलाई त्रिभुवनका नाममा एउटा विश्वविद्यालय खोल्न भने– बाबुको नाम रहने, देशको हित हुने ।

२०१२ चैत अन्तिम साता विश्वविद्यालय स्थापनाका लागि एउटा आयोग बन्यो । विश्वविद्यालय कहाँ खोल्ने ? कुन प्रारूप बनाउने ? कसले पढाउने ? के पढाउने ? जग्गा कहाँ खोज्ने ? निक्र्योल निकालेर विश्वविद्यालय ऐनको मस्यौदा बनायो ।

आयोगमा राजा महेन्द्रका दुई आमा, दुई भाइ राजकुमारलगायत थिए । केही समय कवि लक्ष्मीप्रसाद देवकोटा पनि सदस्य भए । उनले पनि आफ्ना राय राखे । २०१६ सालमा त्रिभुवन विश्वविद्यालय खुल्यो । त्रिभुवन विश्वविद्यालयको लोगोमा लेखिएको छ– २०१२ मा संगठित, २०१६ मा स्थापित ।

सरकारले पटक–पटक गरी सर्वसाधारणबाट अधिग्रहण गरी २०३३ सालसम्म त्रिभुवन विश्वविद्यालयलाई लिइदिएका जग्गा ३ हजार ७ सय ३ रोपनी थियो । सम्पत्ति जोगाउनु साटो विश्वविद्यालय पदाधिकारीले १२०० रोपनी गैरशैक्षिक गतिविधिका लागि आफूखुसी बाँडचुँड गरिदिएका छन् ।

के अब विश्वविद्यालयको जग्गा दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउन सकिएला ? विश्वविद्यालयको जग्गामा संरचना बनाएका कुनै पनि संस्था करको दायरामा आएका छैनन् । तिनले नक्सापाससमेत गरेका छैनन् । जनताले विश्वविद्यालय बनाउन दिएको जग्गा जसलाई पायो त्यसलाई बाँड्नु विश्वविद्यालय स्थापनाको उद्देश्यविपरीत हो । जे प्रयोजनलाई अधिग्रहण गरेको हो, त्यस्तो जग्गा अर्को प्रयोजनमा दिने कारबाहीका भागिदार हुन्छन् ।

चोभारदेखि बल्खुसम्म चारकिल्ला किटेरै विश्वविद्यालयको क्षेत्र तोकिएको थियो । विश्वविद्यालयले आफ्नो संरचना नबनाउन्जेल स्थानीयलाई नै खेती गर्न दिने भनिएको थियो । यसबीच विश्वविद्यालय परिसरमा कैयौं संरचना बने । कति चाहिने बने, कति नचाहिने । कति पदाधिकारीको लोभले बने, कति अरूको दबाबले । यसरी विश्वविद्यालयको जग्गा खुम्चिनु सर्वथा अनुचित हो । कब्जै हो ।

विश्वविद्यालयले इतिहास र सम्पत्ति विवरणको खोजीका लागि केही वर्षअघि इतिहासविद् भवेश्वर पंगेनीको संयोजकत्वमा समिति बनाएको थियो । अध्ययन थालेर पनि समिति आफैं थलियो । केही महिनाअघि विश्वविद्यालयले पुन: पंगेनीलाई नै यसको जिम्मा दिएको छ । उनले अध्ययन प्रतिवेदन बुझाउन बाँकी छ ।

विश्वविद्यालयले धेरै कार्यक्रम गर्नुपर्छ । विश्वविद्यालयलाई वास्तवमै अघि बढाउने हो भने गतिविधि स्वाभाविक रूपमा धेरै हुनेछन् । वनविज्ञान र कृषि फर्केर यहीँ आएका छन् । भोलि अरू विभाग–विषय थपिएलान् । त्यतिबेला अझ आफ्नै धेरै संरचना निर्माण गर्नुपर्ने हुन्छ ।

विश्वविद्यालयलाई चाहिँदै जाने, भएको बाँड्दै जाने ? यो विसंगति रोकिनुपर्छ । विद्यमान बाहिरी संरचना कति सिकाइसँग सम्बन्धित छन्, कति छैनन्, कति आवश्यक हुन्, कति हैनन् अध्ययनको खाँचो छ । ती संरचनाबाट विश्वविद्यालयले पाए/गुमाएको हरहिसाब हुनुपर्छ । अनावश्यक संरचना हटाइनुपर्छ । त्यसका लागि विश्वविद्यालयले पहल थाल्नुपर्छ । संरचना ओगट्नेलाई संरक्षण नदिएर सरकारले विश्वविद्यालयको सम्पत्ति संरक्षणमा सहयोग पुर्‍याउनुपर्छ ।

विश्वविद्यालय बनाउने तर पदाधिकारी नियुक्तिमार्फत नियन्त्रण गर्ने सरकारी रवैयाले कीर्तिपुर शैक्षिक/प्राज्ञिक ज्ञान, अनुसन्धान र उन्नयनको उन्नत केन्द्र बन्न सकेन । कीर्तिपुर प्राज्ञिक परिवेशपूर्ण आकर्षक स्थल हुनुपर्नेमा जथाभावी संरचनाका कारण उराठ र वैरागलाग्दो देखिन्छ । विश्वविद्यालय नेतृत्व यसबारे कहिल्यै विमर्श गर्दैन, न सरकारकै कुनै योजना सुनिन्छ । ७० वर्ष पुरानो संस्था झन् मक्किँदै जानु विश्वविद्यालयको मौलिकता सकिनुमात्र होइन, शैक्षिक र प्राज्ञिक समुदायको सम्झौतापरस्त चरित्र उजागर गर्नु पनि हो, यो समुदायको प्रश्नशून्य स्वभावको प्रतिबिम्ब हो ।

प्रकाशित : पुस २६, २०७५ ०८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्