१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

'द एक्सिडेन्टल प्राइम मिनिस्टर' ले पहिलो दिनमा कमायो साढे तीन करोड भारु

काठमाडौँ — शुक्रबार रिलिज भएका दुई भारतीय चलचित्र 'द एक्सिडेन्टल प्राइम मिनिस्टर' र 'उरी द सर्जिकल स्ट्राइक' ले पहिलो दिनमा सन्तोषजनक व्यापार गरेका छन् ।

'द एक्सिडेन्टल प्राइम मिनिस्टर' ले पहिलो दिनमा कमायो साढे तीन करोड भारु

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बायोपिक चलचित्र 'द-एक्सिडेन्टल प्राइम मिनिस्टर' ले पहिलो दिनमा साढे तीन करोड भारुको व्यापार गरेको भारतीय अनलाइन कोइमोइले जनाएको छ । उक्त चलचित्रमा बलिउडका भेट्रान कलाकार अनुपम खेरको मुख्य अभिनय छ । अक्षय खन्नाले पनि दमदार अभिनय गरेका छन् ।


अनलानइनका अनुसार 'उरी-द सर्जिकल स्ट्राइक' ले पनि राम्रै व्यापार गरेको छ । भिक्की कौसल, परेश रावललगायतको अभिनय उक्त फिल्मको पहिलो दिनमा ८ करोड भारु कमाइ भएको छ । यो चलचित्र सन् २०१६ मा भारतले पाकिस्तानमाथि गरेको 'सर्जिकल स्ट्राइक' को विषयवस्तुमा बनेको हो ।

प्रकाशित : पुस २८, २०७५ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?