फागुन ३ मा रिलिज हुने चलचित्र बुलबुलको ट्रेलर सार्वजनिक

काठमाडौँ — आगामी फागुन ३ गते रिलिज हुने चलचित्र बुलबुलको ट्रेलर सार्वजनिक भएको छ । अभिनेत्री स्वस्तिमा खड्काको व्यस्तताका कारण नेपाल आउन नसकेपछि औपचारिक कार्यक्रमबिनै युट्युवमार्फत ट्रेलर सार्वजनिक गरेको निर्माता अविरल थापाले  बताए ।

फागुन ३ मा रिलिज हुने चलचित्र बुलबुलको ट्रेलर सार्वजनिक

खड्कालाई ट्याम्पु ड्राईभरको भूमिकामा अभिनय गराएको बुलबुलको ट्रेलरमा नवअभिनेता मुकुन भुसालको पनि भूमिका रहेको छ ।

खड्का र नवअभिनेता भुसालको जीवन्त अभिनयले चलचित्र रोचक बनेको छ । ट्रेलरमा देखिएकी अर्की नायिका लक्ष्मी बर्देवाको अभिनय पनि स्वाभाविक र चरित्रार्थ देखिन्छ ।


चलचित्र निर्देशक विनोद पौडेलले ट्रेलरमार्फत आफूले चलचित्रको बनोट, कलाकारको अभिनय र कलाको संयोजन प्रस्तुत गर्न खोजेको बताएका छन् । 'यो चलचित्र जति रमाईलो छ उत्तिकै गम्भीर पनि छु' उनले थपे, 'यसले दर्शकहरुको मन हुँडल्ने र दिमाग रन्थनाउने कुरामा म विश्वस्त छु ।'


चलचित्रमा बुद्धि तामाङ, दिपक क्षेत्री, जोयश पाण्डे, उज्वल अधिकारी, सृष्टि भट्टराई आदिको पनि अभिनय छ । चलचित्रमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको लेखन र संगीत कोशिस क्षेत्री, उदगम परियार र मणिकला पौडेलले गरेका छन् । उक्त चलचित्रको कार्यकारी निर्माता रामराजा दाहाल हुन् । छायांकन सुसन प्रजापतिले गरेका छन् ।

प्रकाशित : माघ १, २०७५ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?