कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिक्कलबाट चित्र

सिन्धुली — बीपी राजमार्गको नजिकै । सुनकोसीबाट उठेको पहाड । महाभारत पर्वत शृृंंखलाअन्तर्गत पर्ने यो थलोको नाम हो— फिक्कल । इलामको पर्यटकीय थलोसँग संयोगले नाम मिलेको यो थलो पनि प्राकृतिक रूपमा उत्तिकै सुन्दर छ ।

फिक्कलबाट चित्र

पूर्वको ताप्लेजुङदेखि पश्चिम कास्कीसम्मका हिमालय शृंखला देख्न सकिने यही थलोमा हालै सहरबाट चित्रकारहरू पुगे । जनजीवन, संस्कृति र प्रकृतिसँग रमाए । अनि त्योप्रभावलाई क्यानभासमा कैद गरे ।


फिक्कल गाउँ पालिकाको निम्तोमा पुगेका उनीहरूले एक्रेलिक कलरको माध्यमबाट गाउँ सौन्दर्य मात्रै उतारेनन्, सुनकोसीको नौकाविहारदेखि फिक्कलको पहाडी झरना र हरिया पहाडहरूको पृष्ठभूमिमा हिमाल उतारे । हरियालीको बीच खरको छानो, कमेरो पोतिएको भित्ता अनि दलानसहितको पुरानो घरको दृश्य लोभलाग्दो देखिन्छ ।


केही चित्रकारले भने भूूकम्पको असरलाई समेत समेट्न खोजे । ग्रामीण पर्यटन प्रवद्र्धनको ध्येय बोकेर गरिएको ‘फिक्कल कला शिविर, २०७५’ मा युवा चित्रकारहरू आशुराम खाइजू, मंगल प्रजापती, सुरेम देशार, अनिल महर्जन, जयराम महर्जन, डिकेश महर्जन र अनिल खड्का सहभागी थिए । खड्काले दृश्य अभिव्यक्तिका लागि वाटर कलर रोजेका थिए भने बाँकीले एक्रेलिक ।


कला शिविरबाट २३ चित्र तयार पारेको संयोजक दीपक श्रेष्ठले बताए । चित्रकारले गाउँ घुमेर तयार पारेका कलाकृति मंगलबार सम्पन्न ‘फिक्कल महोत्सव’ मा राखिएका थिए ।


आफ्नो गाउँमा पहिलो पटक चित्रकारहरू निम्त्याउन पाएकामा दंग थिइन्, फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवार । महोत्सव संयोजकसमेत रहेकी उनले भनिन्, ‘चित्रकारहरू हाम्रा लागि संस्कृति र पर्यटन दूतजस्तै बन्नुभयो ।’

प्रकाशित : माघ ९, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?