कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करिना 'चुनाव नलड्ने'

काठमाडौँ — भारतमा आउँदो लोकसभा चुनावका कारण राजनीतिक वृत्त तातेको त छ नै, यसले बलिउडलाई पनि छुन भ्याएको छ । बलिउड अभिनेत्री करिना कपुर खान भोपालबाट चुनावमा उठ्न लागेको खबरले केही दिनअघि सनसनी मच्चायो ।

करिना 'चुनाव नलड्ने'

कांग्रेस आईको हवाला दिँदै उक्त खबर आएपछि अनेक अड्कलबाजी सुरु भए । करिनाले भने उक्त खबरमा सत्यता नभएको भन्दै ठाडै अस्वीकार गरिदिएकी छन् ।


‘म लोकसभा चुनावमा उठ्छु भनेर सार्वजनिक भएका कुनै पनि रिपोर्टमा सत्यता छैन,’ करिनाले एउटा अनलाइनसँगको अन्तर्वार्तामा भनेकी छन्, ‘म टिकट माग्दै कहीं गएकी छैन । मेरो ध्यान फिल्ममा मात्रै छ र सधैं फिल्महरूमा मात्रै केन्द्रित रहनेछ ।’


रिपोर्टहरूका अनुसार, कंग्रेस आईका भोपाल हेर्ने एक नेताले पार्टी अध्यक्ष राहुल गान्धीलाई लोकसभामा यो क्षेत्रबाट भारतीय जनता पार्टीका उम्मेदवारलाई हराउने सबैभन्दा उत्तम विकल्प करिना रहेको भन्दै उनलाई टिकट दिन सुझाएका थिए । ‘करिना भोपालबाट चुनाव लडिन् भने हामीले विपक्षीबाट धेरै सिट खोस्न सक्छौं,’ ती नेताले भनेका थिए ।


ती नेताले खान परिवारको पृष्ठभूमिका कारण त्यस्तो प्रस्ताव गरेका थिए । करिनाका पति अर्थात् सैफ अली खान भोपालतिरकै पटौदी राजघरानाका हुन् । सैफका पिता मन्सुर अली खान पटौदी क्रिकेटबाट संन्यास लिएपछि कंग्रेस आईकै टिकटमा सन् १९९१ मा भोपालबाट उठेका थिए । तर, उनी भाजपा उम्मेदवारसँग हारेका थिए । ल एजेन्सी

प्रकाशित : माघ १०, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?