कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सुरेशको म्युजिक भिडियो

काठमाडौँ — गजलकार सुरेश वाग्ले नयाँ म्युजिक भिडियोसहित देखिएका छन् । गायिका अञ्जु पन्त र गायक/संगीतकार मनोजराजको स्वर रहेको गजलले भन्छ :

सुरेशको म्युजिक भिडियो

सम्झे पनि तिम्रो याद बिर्से पनि तिम्रो याद

एकै छिन अलमलिन्छु आउँछ अनि तिम्रो याद...


उक्त गजल सुरेशको पछिल्लो एल्बम ‘तिमी साथ भएपछि’ मा समावेश छ । मनोजले नै संगीतबद्ध गरेको गजल सचिन सिंहले संगीत संयोजन गरेका हुन् । निकेश खडका निर्देशित भिडियोमा प्रियंका कार्की र अनिल थापाले खेलेका छन् ।


अञ्जु र मनोजले यही गजलमार्फत फेरि सांगीतिक सहकार्यको थालनी गरेका हुन् । उक्त गजल अञ्जु र मनोजले डेढ दशकअघि हरेकजसो मञ्चमा गाउने गर्थे । ‘त्यतिबेलैदेखि दुवै जनासँग मेरो मित्रता थियो,’ अमेरिकाको बोस्टनमा बस्दै भएका सुरेशले भने, ‘त्यही निकटताका आधारमा मैले दुवै जनालाई फेरि गाउने वातावरण बनाइदिएँ ।’


प्रकाशित : माघ २३, २०७५ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?