भ्यालेन्टाइन्स डेलाई ‘रोमान्टिक छु...’ 

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘पिरिम नलाउने...’ गीतले चर्चा पाएपछि गायक आशिष सचिन मख्ख छन् । छोटो समयमै युट्युबमा यो गीतको भ्युअर्स झन्डै तीन करोडको हाराहारी पुगेको छ । भ्यालेन्टाइन डेको अवसर पारेर उनले भने मंगलबार नयाँ गीत ‘रोमान्टिक छु...’ सार्वजनिक गरेका छन् ।

यसपटक आशिषलाई अञ्जु पन्तले गायनमा साथ दिएकी छन् । ‘केही महिना नबित्दै ‘पिरिम नलाउने...’बाट राम्रो रेस्पोन्स पाएपछि नयाँ सिर्जनातिर लाग्ने प्रेरणा मिलेको हो,’ आशिषले भने, ‘अहिले पनि यो गीतमा दिनहुँ अढाई लाख भ्युअर्स थपिरहेका छन् ।’

Citizen


नयाँ गीत ‘रोमान्टिक छु...’ भने नृत्यपरक र युगल छ । युवाहरूको प्रेममा केन्द्रित भएकोले नयाँ गीतबाट झन् बढी रेस्पोन्स आउनेप्रति उनले आशा प्रकट गरे । यो गीतमा अर्जुन पोखरेलले संगीत भरेका हुन् भने गीत रचना नृपेश उप्रेतीले गरेका छन् । सुव्रतराज आचार्यद्वारा निर्देशित गीतको म्युजिक भिडियोमा प्रियंका कार्की, बिजु पार्की तथा गायक आशिष सचिन स्वयंले नृत्य गरेका छन् । बिजु पार्की भारतीय मोडल हुन् । गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने भरत रेग्मीले सम्पादन गरेका हुन् । भिडियोलाई आरोही गौतमले प्रस्तुत गरेकी हुन् ।

प्रकाशित : माघ २९, २०७५ २१:४४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जेसीबी दुर्घटनामा चालकको मृत्यु

कान्तिपुर संवाददाता

स्याङ्जा — जिल्लाको वालिङ नगरपालिका-१२ लाम्पाटामा घडेरी खार्ने क्रममा जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मंगलबार दिउँसो लु.१.प. २२०३ नम्बरको जेसीबी बाटोबाट करिब ३० मिटर तल बारीमा खस्दा चालक अर्घाखाँची शिवगंगा नगरपालिका-१३ बस्ने २७ वर्षीय कृष्ण परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रहरी नायव उपरीक्षक नवीनकृ्ष्ण भण्डारीका अनुसार जेसीबी दुर्घटनामा परियार र जग्गाधनी वालिङ नगरपालिका-१२ बस्ने वर्ष ४४ भक्तबहादुर गोतामे घाइते भएका थिए। दुवै जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पुर्‍याएकोमा चालक परियारलाई चिकित्सकले मृत घोषणा गरेक प्रहरी नायव उपरीक्षक भण्डारीले बताए।

घाइते गोतामेलाई भने थप उपचारको लागि पोखरा रिफर गरिएको छ। उनको टाउकोमा चोट लागेको छ। घटनाबारे अनसन्धान भइरहेको छ।

प्रकाशित : माघ २९, २०७५ २०:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT