१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कमाइमा जिरो, ओस्कारमा हिरो !

कान्तिपुर संवाददाता

काठमाडौँ — यस पटकको ओस्कार अवार्डमा सर्वाधिक दस विधामा मनोनयनमा परेर हाईहाई भएको फिल्म ‘रोमा’ ले प्रदर्शनबाट चाहिं कति कमायो होला ? विश्वको ध्यान खिच्न सफल फिल्मले पक्कै पनि दर्शक पनि मनग्गे पाएको अनुमान गर्नु स्वाभाविक नै हो ।

कमाइमा जिरो, ओस्कारमा हिरो !

तर वास्तविकता धेरै फरक छ । सीएनएनले भने अफिसियल बक्सअफिसमा उक्त फिल्मको कमाइ रिपोर्ट शून्य रहेको उल्लेख गरेको छ । ‘अफिसियल्ली ‘रोमा’ ले एक पैसा पनि कमाएको छैन,’ सीएनएनले आफ्नो रिपोर्टमा भनेको छ ।


यसो हुनुमा केही कारण पनि छन् ।


अल्फोन्सो कुआरोन निर्देशित उक्त फिल्मलाई नेटफ्लिक्सले वितरणको जिम्मा लिएको हो तर यसको कलेक्सन रिपोर्ट भने सार्वजनिक गरिएको छैन । अनलाइन पेड सोका आधारमा नेटफ्लिक्सले फिल्म रिलिज गरेपछि कति जनाले हेरे भन्ने तथ्यांक बाहिर ल्याएको छैन । त्यसो त केही दर्जन देशमा ‘रोमा’ रिलिज भएको थियो ।


‘बक्सअफिस अंकहरूले हामी कसरी फिल्मको सफलताको मापन गर्न सक्छौं ? त्यसैले हामीले यसको कमाइ तथ्यांक नै सार्वजनिक गर्न चाहेनौं,’ नेटफ्लिक्सकी प्रवक्ताले भनेकी छन्, ‘यत्ति हो, हामी ‘रोमा’ को सफलताले उत्साहित भएका छौं । त्यसैले यसलाई कमाइको कुरा गरेर घटाउन चाँहदैनौं ।’


त्यसो त ‘रोमा’ ले लागेका थिएटरमा पनि खासै उधुम भने मच्चाएको थिएन । ओस्कारमा मनोनयनमा पर्ने वा विजेता बन्ने फिल्मले कमजोर कमाइ गरेको इतिहास नयाँ भने हैन । यसअघि पनि ओस्कारमा उत्कृष्ट फिल्मको अवार्ड जित्न सफल फिल्ममध्ये ‘द हार्ट लकर’ ले पनि बक्सअफिसमा १ करोड ७० लाख डलर मात्रै कमाइ गरेको थियो । ‘मुनलाइट’ ले झन्डै २ करोड ८० लाख डलर मात्रै कमाएको थियो । यति कमाइ एउटा सामान्य फिल्मले पनि पहिलो सातामै कमाउने सामर्थ्य राख्छ ।


प्रकाशित : फाल्गुन ८, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?