दीपिका–रणवीर ‘ब्युटिफुल कपल’

कान्तिपुर संवाददाता

काठमाडौँ — दीपिका पादुकोण र रणवीर सिंह फेमिना ब्युटी अवार्डमा छाएका छन् । मुम्बईमा बुधबार साँझ आयोजित समारोहमा पहिरनका कारण मात्रै सबैजसोको चासोमा रहेनन् । यी दुईले मात्रै तीन अवार्ड पाए ।

दीपिका–रणवीर ‘ब्युटिफुल कपल’

‘दीपवीर’ दम्पतीले ब्युटिफुल कपल अफ दी इयर, वुमन अफ दी इयर र म्यान अफ दी इयर अवार्ड घर ल्याए । दीपिकाले अवार्डपछिको मन्तव्यमा भने निकै हँसाइन् ।


अवार्ड थाप्न स्टेजमा उक्लिँदा उनलाई रणवीरको ब्युटी सिक्रेटबारे सोधियो, जसमा उनी जवाफिइन्, ‘उनले सावर लिन निकै बेर लाउँछन्, तयार हुन पनि धेरै समय लिन्छन्, ओछ्यानमा उक्लिन पनि अबेरै गर्छन् ।’ यो सुनेपछि दर्शकदीर्घामा हाँसोको फोहोरो छुट्यो । दीपिकालाई मानौँ आफूले गलत बोलेको हेक्का भयो र प्रस्टीकरण शैलीमा भनिन्, ‘साथी हो, मैले रणवीर ढिलो सुत्छन् भनेँ ।’


रणवीर यति बेला ‘गली ब्वाई’ ले पाएको सफलतामा झुमिरहेका छन् । यसअघिको ‘सिम्बा’ ले पनि बक्स अफिसमा निकै राम्रो व्यापार गरेको थियो । उता, रणवीरसँगै खेलेको ‘पद्मावत’ को प्रशंसामा रमाइरहेकी दीपिका ‘छपाक’ मार्फत दर्शकमाझ आउँदै छिन् । एसिडपीडित युवतीको कथा रहेको फिल्ममा उनी मुख्य भूमिकामा हुनेछिन् ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?