‘जात्रैजात्रा’ वैशाख अन्त्यमा

कान्तिपुर संवाददाता

काठमाडौँ — सफल फिल्म ‘जात्रा’ को सिक्वेलको रूपमा बनेको ‘जात्रैजात्रा’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ  । प्रस्तुतकर्ता रवीन्द्रसिंह बँनियाँका अनुसार, प्रदीप भट्टराई निर्देशित उक्त फिल्म वैशाख २७ देखि प्रदर्शनमा आउने भएको छ  ।

‘जात्रैजात्रा’ वैशाख अन्त्यमा

काठमाडौं (कास)– सफल फिल्म ‘जात्रा’ को सिक्वेलको रूपमा बनेको ‘जात्रैजात्रा’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । प्रस्तुतकर्ता रवीन्द्रसिंह बँनियाँका अनुसार, प्रदीप भट्टराई निर्देशित उक्त फिल्म वैशाख २७ देखि प्रदर्शनमा आउने भएको छ ।


यसअघि उक्त फिल्मले छायांकनमा जानुअघि नै गत फागुन १७ मा रिलिज गर्ने भनिएको फिल्मको छायांकन अवरुद्ध भएपछि दुई महिनापछि धकेलिएको हो । फिल्मका मुख्य अभिनेता विपिन कार्कीको छायांकन क्रममा नै सवारी दुर्घटनामा परी खुट्टा भाँचिएपछि फिल्मको छायांकन केही समय रोकिएको थियो ।


यादव पौडेल र सिंगे लामाको लगानी रहेको फिल्म्मा विपिनसँगै वर्षा राउत, रवीन्द्र झा र रवीन्द्रसिंह बानियाँको मुख्य भूमिका रहेको छ भने अभिनेता दयाहाङ राइलाई पनि विशेष भूमिकामा देख्न सकिनेछ । फिल्ममा समावेश ‘माया पिरिम...’ बोलको गीत यसै साता छायांकन गरिएको थियो । जसमा करिश्मा मानन्धर, निश्चल बस्नेत र सारा सिर्पालीलाई विशेष रूपमा फिचरिङ गरिएको छ ।

प्रकाशित : फाल्गुन २९, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?