लभ स्टेसनको जुन उदायो

काठमाडौँ — फिल्म ‘लभ स्टेसन’ को नयाँ गीत ‘मेरो आँगनीमा आज जुन उदायो...’ को भिडियो सोमबार रिलिज गरिएको छ । यसअघि ‘लिलीबिली’ मा रोमान्टिक जोडीका रूपमा देखिएका अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ नै यो फिल्ममा दोहोरिएका छन् ।

लभ स्टेसनको जुन उदायो

‘मेरो आँगनीमा...’ गीतको भिडियोमा यही जोडीको सम्बन्धलाई प्रकाश पारिएको छ । प्रदीपका अनुसार उनी यो फिल्ममा एक लोक ब्यान्डका भोकलिस्ट हुन्छन् । भिडियोमा भने लभ स्टेसन नामक क्याफेमा आफ्नो ब्यान्डसहित गायनको तयारीमा रहेको बेला जसिताको आगमन भए पनि प्रदीपले उनको प्रशंसामा गीत गाउँछ । फिल्ममा आफू कुनै स्टार कलाकार नभएर क्षेत्रीय तहको गायकको भूमिकामा रहेको उनले खुलाए ।


संगीतकार शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतमा सुरेश लामाको स्वर छ । गीतलाई फिल्मकै निर्देशक उज्ज्वल घिमिरेले लेखेका हुन् । यही गीतमार्फत प्रदीपलाई गायकको रूपमा फिल्ममा स्थापित गराइएको प्रस्तुतकर्ता गोविन्द शाहीले जनाए । ‘यो गीत रिलिजसँगै फिल्मको प्रमोसनल अभियान पनि सुरु भएको छ,’ उनले भने, ‘मंगलबारदेखि कलाकारले मोफसल यात्रा थाल्नेछन् ।’


यही चैत २२ गते देशभर रिलिज हुने फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोद कुमार

पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।


काफिया फिल्मस्को ब्यानरमा निर्माण गरिएको फिल्ममा काफिया शाही (क्रिसु) र कविरवित्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायांकन रहेको फिल्ममा शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

प्रकाशित : चैत्र ५, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?