२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

चित्त बुझे विवाह चाँडै

काठमाडौँ — सन् २०१८ बलिउड अभिनेत्री परिणीति चोपडाका लागि खासै उल्लेखनीय रहेन । वर्षभरमा उनी अभिनीत ‘नमस्ते इंग्ल्यान्ड’ मात्रै फिल्म रिलिज मात्रै भएन, सुपर फ्लप पनि भयो । त्यसैले पनि अभिनेत्री पछल्लिो समय खासै चर्चामा छैनन् ।

चित्त बुझे विवाह चाँडै

सन् २०११ मा ‘लेडिज भर्सेस रिक्की बहल’ बाट सनसनीपूर्ण डेब्यु गरेर एकपछि अर्को हिट फिल्म दिएकी यिनै अभिनेत्री तीन वर्षदेखि शान्त देखिएकी छन् । तर अब भने फेरि लाइमलाइटमा आउने संकेत देखाएकी छन् । अनुराग सिंहको निर्देशन रहने ‘केशरी’ मा अभिनेता अक्षय कुमारसँग देखिन लागेकी परिणीतिले पुनः बलिउडमा हालीमुहाली गर्ने सम्भावना देखाएकी छन् ।


उमेरले ३० पुगे पनि उनी अहिल्यै विवाह गरेर घरजम गर्ने पक्षमा छैनन् । बरु अझै करिअरका लागि बलिउड नछोड्ने धुनमा छिन् । हालैको एक अन्तरक्रियामा पनि परिणीतिलाई मनीष शर्मा र चरित देसाईसँगको सम्बन्धबारे चलेका हल्लाबारे खुलस्त पार्न आग्रह गरिएको थियो । तर अभिनेत्रीले भने आफू प्रेमसम्बन्धका बारेमा बोल्न नचाहेको बताइन् । ‘म यति बेला मेरो प्रेम जीवनबारे बोल्न तयार छैन । अहिले त्यसबारे भन्ने उचित समय पनि हैन । जब हुन्छ, तब आफसे आफ म नै यो कुरा भन्नेछु । कतिपयलाई लाग्दो हो, यसले कुराहरू लुकाउन खोजिरहेकी छे । तर त्यस्तो हैन,’ उनले भनिन् ।


अभिनेत्री चोपडाले त भन्दै नभनेका सम्बन्धबारे पनि मिडियाले उछाल्ने गरेको आरोप लगाउँदै भनिन्, ‘यो सम्बन्धमा छे कि सिंगल नै छे भन्ने सबै चासो केवल मिडियालाई मात्रै हुन्छ । जब कि त्यसबारे सम्बन्धितले केही भनेको पनि हुँदैन, मिडियामा अनेक खबर आउँछन् । त्यसले पनि यस्ता कुरामा चुप बसेकै बेस लाग्छ मलाई ।’ त्यसो भए उनले तत्काल विवाहका बारेमा सोचेकै छैनन् त ? ‘छु नि, किन छैन ? तर मेरा लागि प्रेम ठूलो कुरा हो । जब कसैसँग प्रेमकै कारण मनस्थिति बन्छ तब मात्रै विवाह गर्नेछु । न कि उमेर पुग्यो भनेर वा यो बेलामा गर्नु उपयुक्त छ भन्ने ठानेर विवाहका लागि होमिन्नँ । यदि म मानसिक रूपले तयार भएँ भने भोलि नै पनि हुन सक्छ । यदि छैन भने पाँच वर्षसम्म पनि हुँदैन ।’

प्रकाशित : चैत्र ५, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?