२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

अनाथलाई 'लभ स्टेशन'को सहयोग 

काठमाडौँ — नेपाली कथानक फिल्म 'लभ स्टेशन'का तर्फबाट अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले ४५ जना अनाथ बालिबालिकालाई निजी विद्यालयमा पढाउँदा लाग्ने भर्नासहित तीन महिनाको मासिक शुल्क शनिबार प्रदान गरेका छन् ।

अनाथलाई 'लभ स्टेशन'को सहयोग 

उनीहरुले राजधानीको गोकर्णस्थित संयुक्त एकता अपाङ्ग आवाज केन्द्रमा आश्रित बालबालिकालाई १ लाख रुपैयाँ बराबरको शुल्क सघाएका हुन् ।


'समाजसेवा पनि कलाकारहरुको दायित्व भित्रै पर्छ', अभिनेता खड्काले भने, 'अहिले तीन महिनाको मात्रै गर्न सक्यौं, बाँकी सहयोगको योजना पनि बुन्दैछौं ।' भविष्यमा अन्य फिल्मबाट समेत सहयोग गर्ने उनले वचन दिए । 'लभ स्टेशन'का प्रस्तुतकर्ता शाहीले करेन्टबाट दुबै हात गुमाएकी मेघा घिमिरेलाई पनि यसअघि एक लाख रुपैयाँ सहयोग गरेको भन्दै यसपटक ४५ विद्यार्थीहरु सघाएको बताए ।


अपाङ्ग केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीले कलाकारको सहयोगबाट आफूहरु पनि हौसिएको बताए । यही वैशाख २२ गतेदेखि मुलुकभर रिलिज हुने फिल्म 'लभ स्टेशन'लाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । अभिनेता खड्कासँगै जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु रानाको पनि फिल्ममा अभिनय छ ।


फिल्म काफिया फिल्मस्‌को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको फिल्म आलोक शुक्लाले खिचेका हुन् ।


प्रकाशित : चैत्र ९, २०७५ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?