कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिस इंग्ल्यान्डमा भिड्दै नेपाली चेली

लन्डन — बेलायतको सुन्दरी प्रतियोगिता मिस इंग्ल्यान्ड २०१९ का लागि एक नेपाली मैदानमा उत्रिएकी छन् । अल्डरसट निवासी प्लोर प्लान आर्किटेक्ट २५ वर्षीया प्रतिष्ठा राउतले मिस इंग्ल्यान्ड फोटो हिटमा प्रतिस्पर्धा गर्दै छिन् ।

मिस इंग्ल्यान्डमा भिड्दै नेपाली चेली

फोटो हिट फाइनलिस्टमा पुगेकी प्रतिष्ठाले आफूलाई मत दिन अपिल गरेकी छन् । पब्लिक भोटले उनलाई मिस इंग्ल्यान्ड प्रतियोगितामा प्रवेश गराउनेछ । पब्लिक भोट सुरु भइसकेको र यसको समयसीमा ९ अप्रिलमा समापन हुने उनले बताइन् ।


आगामी जुन २०१९ मा हुने प्रतियोगताको सेमिफाइनलमा पुग्न प्रतिष्ठालाई पब्लिक भोट आवश्यक छ । सेमिफाइनल पुग्ने प्रतियोगीले स्पोर्टस् एन्ड इको फेसन राउन्डमा सहभागिता जनाउन पाउनेछन् । मिस इंग्ल्यान्ड उपाधि जित्ने प्रतियोगीले २५ हजार पाउन्ड बराबरको पुरस्कारसहित होली-डे प्याकेज र मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने आयोजकले जनाएका छन् । तृष नामले समेत चिनिने प्रतिष्ठा हङकङमा जन्मिएकी हुन् । भूपू ब्रिटिस गोर्खा बाबुकी एक्ली छोरी उनले १७ वर्षमै मोडलिङ थालेकी हुन् ।





प्रकाशित : चैत्र ९, २०७५ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?