अस्ट्रेलियामा 'मायालु' सार्वजनिक

नारायण खड्का

अस्ट्रेलिया — गायक तथा संगीतकार आरसी थापाले 'मायालु' बोलको गीत सार्वजनिक गरेका छन् । अस्ट्रेलिया बस्दै आएका थापाकै शब्द/संगीत रहेको गीतमा स्वरुपराज आचार्यले स्वर दिएका छन् ।

अस्ट्रेलियामा 'मायालु' सार्वजनिक

यसपहिले आचार्य दाजुभाइको स्वरमा 'प्रारम्भ' नामक एल्बम निकालिसकेका उनले उक्त एल्बमको दोस्रो श्रृङ्खलाको तयारीस्वरुप पहिलो गीत सार्वजनिक गरेको जानकारी दिए ।


संगीत आफ्नो पूर्णकालीन काम नभए पनि अस्ट्रेलियामा रहेका नेपाली दर्शक/श्रोताहरुको मायाका कारण आफू संगीत सिर्जनामा लागिपरेको उनको भनाइ छ । म्युजिक भिडियोसहित सार्वजनिक गरिएको उक्त गीतमा रीमा विश्वकर्मा तथा जीवन भट्टराईले अभिनय गरेका छन् । प्रकाश धितालले निर्देशन गरेको उक्त भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र दहालको सम्पादन छ ।


प्रकाशित : चैत्र १४, २०७५ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?