आफूमाथिको आरोप प्रायोजित : संगीतकार सापकोटा

विपिन श्रीस

काठमाडौँ — संगीतकार बसन्त सापकोटाले १४ वर्षीय गायिका समिक्षा अधिकारीले आफूमाथि लगाएको आरोप प्रायोजित भएको बताएका छन् । 

'१४ वर्षीया स्टार गायिका भन्छिन्, 'गीतको पारिश्रमिक एक तोलाको सिक्री दिन्छु भन्नुहुन्थ्यो, दिनुभएको छैन' शीर्षकको समाचार कान्तिपुरको अनलाइन संस्करणमा प्रकाशन भएपछि प्रतिक्रिया दिँदै संगीतकार सापकोटाले समिक्षाले लगाएको आरोपको खण्डन गरेका हुन् ।


‘नवप्रतिभालाई स्थान दिँदा यस्तो आरोप खेप्नुपर्छ भने अब मैले के गर्ने ?’ कान्तिपुरसँग कुरा गर्दै सापकोटाले भने, ‘समिक्षालाई यहाँसम्म ल्याउन मैले झण्डै डेढ लाख खर्च गरेको छु । प्रमाण माग्नुहुन्छ भने देखाइदिन सक्छु । ३८ हजार पर्ने मोबाइल उपहार दिएको त युट्युबमा पनि हेर्न सक्नुहुन्छ । मैले चोरेर ल्याएको त होइन होला नि ?’


आफूले अभिभावकको भूमिका निर्वाह गर्छु भन्दा यस्तो स्थिति आइपरेको उनले बताए । ‘एउटा बुवा जस्तो मान्छेले एउटा सन्तान जस्तो मान्छेलाई तेरो लागि यति खर्च लाग्यो भनेर माग्ने र तैले यति काम गरिस् भनी पारिश्रमिक तोक्ने कुरा त हुन्न होला नि ?’ उनले भने । आफू यस विषयमा बोल्न नचाहे पनि बोल्न बाध्य भएको सापकोटाले बताए ।

प्रकाशित : चैत्र २९, २०७५ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?