कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

चलचित्र 'भारत' मा 'बुढो' सलमान !

एजेन्सी

काठमाडौँ — चलचित्र 'भारत' मा सलमान खानलाई बुढो देखाइएको तस्बिर सार्वजनिक गरिएको छ । तस्बिरमा सलमान सेतो कपाल र सेतो दाह्रीमा देखिएका छन् । उनलाई एउटा वृद्धको रूपमा देख्न सकिन्छ ।

चलचित्र 'भारत' मा 'बुढो' सलमान !

रोमान्टिक, एक्सन,थ्रिलर चलचित्रमा बढी देखिने सलमानले आफूलाई बुढो देखाइएको तस्बिर सार्वजनिक गर्दै आफ्ना 'फ्यान' हरुलाई सरप्राइज दिएका छन् । चलचित्रको तस्बिर ट्विट गर्दै सलमानले आफ्नो 'रंगिन जिन्दगी' को कुरा समेत उल्लेख गरेका छन् ।


चलचित्रमा सलमानको बाल्यकालदेखि ६० को दशकसम्मको यात्रा रहेको बताइएको छ । यो चलचित्र सलमानका लागि एउटा ऐतिहासिक हुने बताइएको छ ।


यो चलचित्रको ट्रेलेर अप्रिल २४ तारिखका दिन रिलिज गरिने चलचित्र निर्माण युनिटले जनाएको छ । सलमानका अलवा 'भारत'मा कट्रिना कैप, दिशा पटानी, तबू, ज्याकी श्राफ र सुनिल ग्रुभरको अभिनय रहेको छ ।

अलि अब्बास जफरले निर्देशन गरेको यो चलचित्रक इदको अवसर पारेर जुन ५ तारिखका दिन रिलिज हुँदैछ ।

प्रकाशित : वैशाख २, २०७६ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?