२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

‘गरे यहीँ चल्छ दाल–भात’

पोखरा — फिल्मले सामाजिक विषयवस्तुको प्रस्तुति मात्र नभई व्यावसायिक सफलता पनि दिनुपर्ने तर्क छ कलाकार हरिवंश आचार्यको । कथाले बोल्ने विषयसँगै मनोरञ्जन र व्यापार पनि फिल्मसित जोडिएर आउने उनको दाबी छ ।

‘गरे यहीँ चल्छ दाल–भात’

पोखरा ट्रेड मलको क्युएफएक्स हलमा बुधबार आचार्यले प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दाल,भात,तरकारी’ को विषयमा लामै कुरा गरे । ‘हामीले विदेश पनि देखेका छौं,’ उनले भने, ‘त्यहाँ अवसर पाएकाहरू निकै थोरै छन् । कामको राम्रो अवसर नपाएका धेरै नेपालीको अवस्था नाजुक छ । त्यसैले देशभित्रै पनि गरिखान प्रयास गर्दा जीवन सहज बनाउन सकिन्छ भन्ने सन्देश यसपटक फिल्ममार्फत दिन खोजेका हौं ।’


सन्देश भनेर उपदेश मात्रै दिन आफूहरूले नचाहेको पनि उनले बताए । ‘मनोरञ्जनात्मक त हुनै पर्‍यो,’ उनले भने । ठूलो बजेटका विदेशी फिल्मसँग सानो बजेटका नेपाली फिल्मले प्रतिस्पर्धा गर्नुपरेको अवस्था रहेको बताउँदै आफूहरूले हार नमानेको पनि उनले बताए । बितेको वर्ष निकै थोरै नेपाली फिल्मले अपेक्षित व्यापार गरेको अवस्थाभन्दा यो वर्ष निकै भिन्न हुन सक्ने आशा पनि उनले प्रकट गरे ।


‘महसञ्चार ४० वर्षदेखि अभिनयको क्षेत्रमा छ,’ उनले भने, ‘दालभात, तरकारी’ फिल्म मात्रै नभई नयाँ पुस्तालाई अगाडि आउन स्वामित्व हस्तान्तरणको सुरुवात पनि गरेका छौं ।’ युवा फिल्मकर्मी सुदन केसीले निर्देशन गरेको फिल्म वैशाख २० देखि प्रदर्शनको तयारीमा छ ।


फिल्मको झापाबाट सुरु भएको प्रचारात्मक यात्रा पोखरा आइपुगेको कलाकार किरण केसीले बताए । कार्यक्रममा कलाकारहरू आँचल शर्मा, जुनु रिजाल र गायक रामचन्द्र काफ्ले लगायतले फिल्मबारे प्रकाश पारेका थिए ।

प्रकाशित : वैशाख ५, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?