१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बाहिरियालाई बलिउडमा कठिन

दिल्ली — बलिउडलाई सधैं जहानियाँको लाग्ने आरोप लाग्ने गर्छ  । बलिउडमा नै क्रियाशील परिवारबाट आउनेलाई बाहेक बाहिरिया कलाकारलाई यहाँ टिक्न र बिक्न गाह्रो हुने गरेको टिप्पणी गरिन्छ  ।

बाहिरियालाई बलिउडमा कठिन

आफ्नो ५० औं जन्मदिन मनाइरहँदा अभिनेता मनोज बाजपेयीले समेत यही कुरालाई दोहोर्‍याए । भने, ‘मेरो जिन्दगीको ५० र बलिउडमा २५ औं वर्ष बिताइसक्दा पनि यस उद्योगमा म जस्ता बाहिरिया कलाकारका लागि असम्भवप्रायः नै छ ।’ जब कि ‘सत्या’, ‘ग्याङ्स अफ वासेपुर’, ‘अलिगढ’ जस्ता प्रशंसित फिल्म दिएर पद्मश्री अवार्डबाट समेत सम्मानित बाजपेयीले समेत बलिउड राम्रालाई भन्दा हाम्रालाई च्याप्ने गरेको दुखेसो पोखे ।

‘तपाईं वास्तवमा भाग्यमानी हुनुपर्छ । क्षमता मात्रले यहाँ खासै अर्थ राख्दैन । यो मैले मात्र हैन, सबैलाई थाहा छ,’ बाजपेयीले अन्तरवार्तामा भनेका छन्, ‘यदि कसैले राम्रा फिल्म दिनुपर्छ वा क्षमताले सधैं जीवित राख्छ भन्छ भने त्यो मात्रै काफी हुँदैन । बलिउडमा अर्को पक्ष पनि छ, जुन सबैभन्दा महत्त्वपूर्ण हो । तपाईं यति नै धेरै भाग्यमानी पनि हुनुपर्छ । धार बदलिरहन सक्ने र जहाँ पनि ठिक्कै बन्न सक्ने खास खुबी हुनैपर्छ ।’ मनोज बाजपेयीले बलिउडप्रति व्यंग्य गर्दै सानो उद्योग भए पनि कठिनाइ निकै ठूलो झेल्नुपर्ने बताए ।

साताअघि मात्रै दुई पटकका नेसनल अवार्ड विजेता बाजपेयीलाई भारतीय राष्ट्रपतिले देशको चौथो ठूलो पद्मश्री अवार्डले सम्मानित गरेका थिए । तैपनि यी अभिनेता भने आफूलाई बिहारबाट अभिनयका लागि आएर सपनाको सहर मुम्बईमा बाँच्नका लागि संघर्ष गरिरहेको एक सामान्य मान्छे भनी चिनाउँछन् । ‘म कुनै पद्मश्री मनोज बाजपेयी हैन । म केवल मनोज बाजपेयी हुँ । एउटा बाहिरिया कलाकार जो केही सपना साँचेर मुम्बईमा बसिरहेको छ र काम पाउनका लागि दिनरात मिहिनेत गरिरहेको छ ।

प्रकाशित : वैशाख ११, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?