१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पुस्तक लेख्दै मोडल 

काठमाडौँ — मोडल तथा अभिनेत्री लिजा रे अब भने लेखिकाको परिचयमा आउने भएकी छन् । क्यान्सरबाट छुटकारा पाएकी लिजाको जीवन परिवर्तनसम्बन्धी अनुभवको नियात्रा ‘क्लोज टु द बोन’ मा उनले आफ्नो हृदयविदारक जीवनयात्राको अनुभव बाँड्ने छिन् । 

पुस्तक लेख्दै मोडल 

‘यो पुस्तक लेख्न निकै वर्ष लाग्यो र मिहिनेत पनि उत्तिकै पर्‍यो,’ आफ्नो पुस्तकबारे लिजाले भनेकी छन्, ‘मलाई आशा छ, मेरो हृदयविदारक जीवनयात्रा अरूलाई पनि भन्दा जसरी म थप मजबुत भएँ, पुस्तक पढेर सायद अरूलाई पनि बलियो बनाउनेछ ।


पुस्तक लेख्नुको मेरो प्रयास, हामी सबैले लुकाइराखेको मुकुन्डोलाई उदांगो पार्नु हो । यो प्रेम र सत्यतातिरको यात्रा हो ।’ त्यसो त पुस्तकमा जीवनजस्तै हाँसो, रोदन र वियोगको समायोजन रहेको लिजाले बताएकी छन् ।


क्यान्सरबाटै छुट्कारा पाएकी अभिनेत्री मनीषा कोइरालाले ‘हिल्ड’ नामक पुस्तक सार्वजनिक गरेर चर्चामा आइरहेका बेला लिजाको पनि यस्तै अनुभव समेटेर पुस्तक आउन लागेको हो । पछिल्लो समय लिजा पनि क्यान्सरसम्बन्धी जनचेतनाको पैरवी गर्दै आएकी छन् ।


२५ वर्षअघि नै तामिल फिल्म ‘नेताजी’ खेलेकी लिजाको पहिलो बलिउड फिल्म ‘कसुर’ हो । क्यानडेली फिल्म ‘वाटर’ मार्फत प्रशंसा बटुलेकी लिजा तीन वर्षअघि ‘वीरप्पन’ मा समेत देखिएकी थिइन् ।

प्रकाशित : वैशाख १२, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?