१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

एभेन्जर्सको सनसनी

मार्बल कमिक्समा आधारित सुपरहिरो फिल्म 'एभेन्जर्स : इन्डगेम' ले रिलिजसँगै विश्वव्यापी रूपमा सनसनी मच्चाएको छ । ग्लोबल बक्सअफिसमा उक्त फिल्मले तीन अर्ब डलरको कमाइ गर्दै सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीको पहिलो नम्बरमा आउने अनुमान गरिएको छ ।

एभेन्जर्सको सनसनी

अहिलेसम्म उक्त रेकर्ड जेम्स क्यामरुन निर्देशित फिल्म 'अवतार' ले दुई अर्ब ८० करोड डलर कमाइको रेकर्ड राखेको छ । जसलाई 'एभेन्जर्स : इन्डगेम' ले पाँच दिनमै एक अर्ब २२ करोड डलरको कमाइ गर्दै दू्रतगतिमा अघि बढेको छ ।


एन्थोनी एन्ड जोय रुसो दाजुभाइको निर्देशन रहेको यस फिल्मले अमेरिकन बक्सअफिसबाट मात्रै सुरुवाती पाँच दिनमा ३५ करोड ६० लाख डलर कमाइ गरेको थियो । अमेरिकी ट्रेड एनालिस्ट जेसिका रिफले त फिल्मले विश्वव्यापी रूपमा साढे तीन अर्ब डलरसम्म कमाउन सक्ने अध्ययन गरेको बताएका छन् । फिल्मलाई दोहोर्‍याएर हेर्ने दर्शकसमेत पाइएको र व्यापारको दरमा खासै गिरावट नआएकोले पनि सर्वाधिक कमाइ गर्ने फिल्म हुने बलियो आधार तय भएको बताइएको छ ।


'एभेन्जर्स : इन्डगेम' ले चीनदेखि भारतसम्म पनि आफ्नो हालिमुहाली कायम राखेको छ । भारतमा पनि फिल्मको विकेन्ड कमाइ ब्लकबस्टर्स रहृयो । तीन दिनमै एक सय ५० करोड भारु कमाइ गरेको फिल्मले मंगलबारको पाँचौं दिनसम्ममा दुई सय करोड क्लबमा प्रवेश गर्ने बताइएको छ ।


सोमबार नै फिल्मले ३१ करोड भारुको कमाइ गर्दै उक्त दिनमा भारतीय बक्सअफिसमा सर्वाधिक कमाइ गर्नेमा दोस्रो स्थानमा आएको थियो । उक्त रेकर्ड 'बाहुबली : द कन्क्लुजन' का नाममा रहेको छ । भारतीय ट्रडे एनालिस्ट तरण आदर्शले भने 'एभेन्जर्स : इन्डगेम' ले भारतीय बक्सअफिसमा भारतीय फिल्मकै रेकर्डलाई तोड्ने अनुमान गरेका छन् ।


यस फिल्मले पहिलो साता सर्वाधिक कमाइ गर्ने 'दंगल' को एक सय ९७ करोड भारुको रेकर्डदेखि 'टाइगर जिन्दा है' को दुई सय ६ करोड र 'सन्जु' को दुई सय दुई करोड भारु सबैलाई उछिन्नेछ भने 'बाहुबली : द कन्क्लुजन' ले बनाएको दुई सय ४७ करोड भारुको एक साताको व्यापारलाई चुनौती दिने छ ।


प्रकाशित : वैशाख १८, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?