२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

यौनहिंसाविरुद्ध योनिका कथाहरू

विपिन श्रीस

काठमाडौँ — 'म अन्त्यमा के भन्न चाहन्छु भने यो नाटकका सबै घटना सत्य हुन् तर तपाईं नपत्याउन पनि सक्नुहुन्छ, किन ?' नाटकभित्र नाटककै निर्देशन गरिरहेकी कलाकार लुनिभा तुलाधरले दर्शकसामु प्रश्न गर्दै एकछिन् रोकिइन् । दर्शकले भने सोच्न नभ्याउँदै नाटकीय शैलीमा आफैं जवाफ दिइन्, 'किनभने यो नाटक महिलाले बनाएको हो ।'

यौनहिंसाविरुद्ध योनिका कथाहरू

यो संवाद आकांक्षा कार्की निर्देशित नाटक 'प्राइभेट इज पोलिटिकल' को अन्तिम संवाद हो । संवादले महिलाले सुनाउने कथामाथि पितृसत्तात्मक समाजले गर्ने सन्देह प्रस्तुत गर्छ । नाटक हेर्ने जोकोहीले ती हाम्रै समाजमा हुने वास्तविक घटना हुन् भन्ने महसुस गर्न सक्छन् ।


नाटकको सुरु छ जना रंगकर्मी महिलाले 'योनिका कथा' को रिहर्सल गरेको दृश्यबाट हुन्छ । उनीहरूले महिलाको व्यथालाई मनोवादको शैलीमा देखाउने तयारी गर्छन् । नाटकभित्र नाटकको रिहर्सलसँगै आफूमाथि भएका र भोगेका नमिठा यथार्थ दर्शकसामु पस्किन्छन् ।


कहिले निर्मला पन्त बनेर कथा भन्छन् त कहिले बालिका युद्धबन्दीले सहनुपरेको शारीरिक र मानसिक पीडा देखाउँछन्, आफ्नै दाजुबाट बलात्कृत हुँदाको घटना पनि नाटकमा देख्न सकिन्छ । रिहर्सल गरिरहँदा कलाकार आफैं पनि मैना सुनार, नमिता-सुनीतालगायत बलात्कारपछि ज्यान गुमाएकोमा दुःखी बन्छन् । आर्थिक अभावले रंगमञ्चमा काम गर्दा हुने दुव्र्यवहार प्रतिकार गर्न नसकेको कथा तिनै कलाकारकोझैं लाग्छ ।


वास्तविक जीवनमा पनि यस्ता दुव्र्यवहार हुने गरेको स्वीकार गर्छिन् कलाकार रोशनी स्याङ्बो । निर्देशक आकांक्षाले पनि प्रत्येक महिलाले जीवनमा कुनै न कुनै दुव्र्यवहार भोग्न बाध्य हुने बताइन् । 'पितृसत्तात्मक सोचाइका कारण कतिपय दुव्र्यवहार न नलाग्न सक्छ,' उनले भनिन्, 'तर, आफूले नचाहँदै पनि हुने गलत नियतको व्यवहार नै दुव्र्यवहार हो ।'


नाटकमा बाल्यकालदेखि घर, स्कुल, कलेज, विश्वविद्यालय, कार्यस्थललगायत समाजका हरेक स्थानमा हुने यौन दुव्र्यवहारलाई थुप्रै पात्रमार्फत प्रस्तुत गरिएको छ । शक्तिको दुरुपयोग, अलग-अलग समुदायका महिलाको भोगाइ पनि नाटकमा देख्न सकिन्छ । पुरुष पात्रको संवादमार्फत उनीहरूले नारीलाई हेर्ने दृष्टिकोण पनि देखाइएको छ ।


विभिन्न पात्र र परिवेशमार्फत पितृसत्तात्मक सोचाइलाई प्रस्तुत गरिएको आकांक्षाले बताइन् । 'यो समतामूलक समाज निर्माणको अभियान, लैंगिक समानताको अभियान,' उनले भनिन् । कार्कीले नाटकमा देखाइएको विषयवस्तु वास्तविक घटनामा आधारित भएको बताइन् ।


'अमेरिकामा झन्डै तीन दशकअघिदेखि सुरु भएको 'द भजाइना मोनोलग' (योनिका कथाहरू) नाटक अभियान चार वर्षदेखि काठमाडौंमा पनि देखाउँदै आएका थियाैं,' नाटकको पृष्ठभूमिबारे प्रस्ट पार्दै उनले थपिन्, 'पर्दाअघि नाटकका रमाइला, पीडादायी र अनौठा लाग्ने मनोवाद सुनाउँथ्यौं तर पर्दापछि आफ्नै वास्तविक अनुभव साटासाट गथ्र्यौं ।' तीनै वास्तविक अनुभव र कथालाई समेटेर नाटक 'प्राइभेट इज पोलिटिकल' तयार पारेको उनले बताइन् ।


आठ वर्षदेखि रंगकर्ममा लागेका कलाकार सुदाम सिकेले 'प्राइभेट इज पोलिटिकल' नाटक गर्दैगर्दा महिलामाथि हुने हिसंाको संवेदनशीलता बुझ्न सहयोग पुगेको बताए । नाटक गर्दैगर्दा आफैंप्रति र पितृसत्तात्मक संस्कारप्रति पनि रिस उठेको उनले सुनाए । 'हामीले बाहिर जतिसुकै ठूलो कुरा गरे पनि भित्री रूपमा हामी पितृसत्तात्मक संरचनाबाट सञ्चालित छौं,' नाटकको नाम कसरी 'प्राइभेट इज पलिटिक्स' राखियो भन्ने सन्दर्भमा निर्देशक कार्कीले भनिन्, 'पितृसत्ता आफैंमा राजनीति हो र सेकेन्ड वेव मुभमेन्टबाट पनि प्रभावित छ ।'


नाटक हरिसकेपछि दर्शक कृष्ण डंगोलले नाटकको विषयवस्तु राम्रो रहेको भन्दै अझै पीडित महिलासामु पनि पुर्‍याउन आग्रह गरे । अर्का दर्शक आयुशा चालिसेले नाटकमा उठाइएको विषयवस्तु राम्रो भए पनि कथा धेरै भएर गज्याङमज्याङ भएको दाबी गरिन् ।


उनले जान अन्जानमा आफूबाट भएका दुर्व्यवहार र दुव्र्यवहार गर्न सिकाउने समाजप्रति रिस उठेको पनि बताए । निर्देशक कार्कीले नाटकलाई पोखरालगायतका अन्य सहर र विद्यालय एवं विश्व-विद्यालयमा पनि मञ्चन गर्ने सोच बनाएको सुनाइन् ।

प्रकाशित : वैशाख १९, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?