कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

विराज अब निर्देशनमा

काठमाडौँ — पछिल्लो समय भोजपुरीमा व्यस्त अभिनेता विराज भट्ट नेपाली फिल्म 'साङ्लो' को निर्माणसँगै निर्देशन गर्ने घोषणासहित देखिएका छन् । नेपाली दर्शकमाझ एक्सन हिरोको छवि बनाएका भट्टले यसै फिल्मबाट निर्देशनमा हात हाल्न लागेको बताए ।

विराज अब निर्देशनमा

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त फिल्म वैशाख २४ देखि फ्लोरमा जाने बताइयो ।

फिल्ममा अभिनेता भट्ट नै मुख्य भूमिकामा हुनेछन् भने उनको समानान्तर भूमिकामा पूर्व मिस नेपाल निकिता चाण्डक हुने बताइएको छ । दुई करोड रुपैयाँको बजेटमा निर्माण दाबी गरिएको फिल्मलाई विराज भट्ट फिल्मको ब्यानरमा तेजबहादुर खड्काले निर्माण गर्न लागेका हुन् ।

फिल्ममा विराज र निकितासहित प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीलगायत कलाकारको अभिनय रहने बताइएको छ । मानकृष्ण महर्जनले छायांकन रहने 'साङ्लो' को ५० दिनमा छायांकन सकिने निर्देशक भट्टले जनाए ।

सुरेश अधिकारी, राजनराज शिवाकोटी र विनोद खम्बुको संगीत रहने फिल्मलाई काठमाडौंसहित सुदूर पश्चिम डोटीको जोराइल, खप्तड र मुस्ताङमा खिचिने जनाइएको छ । फिल्मको पटकथा शिवम् अधिकारीले लेखेका हुन् भने कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहनेछ ।

पहिलो निर्देशन भएकोले पनि फिल्मलाई उत्कृष्ट बनाउन आफूले कुनै कसर बाँकी नराख्ने भट्टले बताए । एक्सन लभस्टोरी जनरामा बनाउन लागेको 'साङ्लो' लाई भोजपुरी र हिन्दी भाषामा समेत डबिङ गरी रिलिज गरिने उनले बताए । चाण्डकको पनि 'साङ्लो' डेब्यु फिल्म हुनेछ । उनले फिल्मको स्क्रिप्ट पढेपछि फिल्म खेल्न राजी भएको बताइन् ।

प्रकाशित : वैशाख २१, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?