पद्मश्री फिर्ता गर्न चाहन्छु : बलिउड अभिनेता सैफअलि खान

एजेन्सी

बलिउड अभिनेता सैफअलि खानले झन्डै दस वर्षअघि भारत सरकारले आफ्नो सम्मानमा दिएको पद्मश्री सम्मान फिर्ता गर्न चाहेको बताएका छन् । कारणमा उनले आफू उक्त सम्मानको लायक अझै नरहेका जिकिर गरेका छन् ।

उत्कृष्ट अभिनेताका लागि नेसनल अवार्डदेखि ६ फिल्मफेयर अवार्डसमेत जितिसकेका खानले सन् २०१० मा भारतको चौथो ठूलो सम्मान पद्मश्री पाएका थिए । सन् १९९३ मै पहिलो फिल्म ‘आशिक आवारा’ बाटै अवार्ड जितेका यी अभिनेताले हाल आएर पद्मश्रीको लागि आफूभन्दा अन्य कलाकार नै लायक भएको टिप्पणी गरेका हुन् । अरबाज खानको एक टक सोमा उपस्थित हुँदै उनले उक्त भनाइ राखेका हुन् ।

टक सोमा सैफअलिलाई लक्षित गर्दै ट्रोलमा अभिनेता खान ठग भएको र पद्मश्री सम्मानआफ्ना लागि किनेको र एक रेस्टुरेन्टमा केही व्यक्तिलाई पिटेको आरोप लगाउँदै ‘अभिनय नै नजान्ने यस्ता कलाकारलाई पनि किन फिल्ममा काम गर्ने मौका कसरी आउँछ’ भनी तिखो आलोचना गरिएको थियो । उक्त ट्रोललाई अरबाजले स्वयं सैफअलिलाई नै पढ्न लगाएका थिए ।

जवाफमा खानले भनेका छन्, ‘म ठग हैन । बाँकी सबै आरोप सही छ ।’ उनले थपे, ‘तर मलाई लाग्छ, सरकारले दिने त्यत्रो सम्मानित पद्मश्री किन्ने औकात पनि मसँग छैन । सरकारलाई नै घूस खुवाएर आफ्नो नाममा सम्मान दिलाउने त्यति ठूलो हैसियत मेरो छैन । यस कुराको पत्ता लगाउन त वरिष्ठ व्यक्तिहरूसँग नै बुझ्नु पर्ला ।

बरु मलाई लाग्छ, उक्त सम्मानका लागि मलाई छनोट गरिनु नै हुँदैनथ्यो । किनभने पद्मश्रीका लागि मभन्दा क्षमतावान् अरू नै थिए, जसलाई अहिलेसम्म पनि उक्त सम्मान मिलेको छैन ।’ त्यसो त अभिनेताले पद्मश्री आफूभन्दा कनिष्ठले पनि पाएपछि आफूलाई लाज लागेको टिप्पणी गर्दै भने, ‘अब भने म यो सम्मान सरकारलाई नै फिर्ता गर्न चाहन्छु । त्यो बेला पनि मलाई बुबाले सरकारले दिने सम्मान फिर्ता गर्ने तेरो हैसियत पनि छैन भनिदिएपछि रोकिएको थिएँ र खुसीसाथ स्वीकार गरेको हुँ ।’

४८ वर्षीय अभिनेताले त्यो बेला आफूपद्मश्रीको लायक नभए पनि भविष्यमा लायक हुने गरी काम गर्ने र मान्छेले पनि सम्मान दिएर सही गरेछ भन्ने पार्छु भन्ने लागेको खुलासा गरे ।

रेस्टुरेन्ट झगडालाई भने यी अभिनेताले दुर्भाग्यपूर्ण भनेका छन् । तर यसका लागि माफी पनि नमाग्ने भन्दै थपे, ‘यदि कोही आफूलाई बारम्बार हैरान पारिरहेको हुन्छ भने आफ्नो बचाउमा जसले पनि हात उठाउँछ, चाहे त्यो सेलिबे्रटी होस् वा आमसर्वसाधरण ।

प्रकाशित : जेष्ठ १, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्

भीरको बाटो अटो...

विप्लव महर्जन

सल्यान — हातमा ‘प्लस टु’ को प्रमाणपत्र बोकेर निर्मला कार्की जागिरका लागि धेरै ठाउँ धाइन् । कतै पाइनन् । त्यसपछि रोजिन्, स्वरोजगारको विकल्प छ । उनले ऋण लिएर अटोरिक्सा किनिन् । अहिले सामान्य जागिरेभन्दा राम्रो कमाइ गरिरहेकी छन् । कामले राम्रो दाम दियो, उनी खुसी छन् ।

२० वर्षीया निर्मलाले १ वर्षदेखि सल्लीबजार क्षेत्रमा अटो चलाइरहेकी छन् । जिल्लामा अटोचालक महिला छैनन् । अटो चलाएर दैनिक सरदर ४ हजार कमाउँछिन् । इन्धन, मर्मतखर्च, ऋणको किस्ता र घरखर्च कटाएर करिब हजार रुपैयाँ बचत हुने गरेको उनले बताइन् । ‘सुरुमा त छोरीले पनि अटो चलाउने हो ?’ भन्दै जिस्काउँथे, कतिपयले होच्याएर बोल्थे,’ उनले भनिन्, ‘अचेल त सबै बानी परिसके, मलाई पनि यसमै रमाइलो लाग्न थालिसक्यो ।’

सुरुमा उनलाई अटो चलाउन लाज लाग्थ्यो । पुरुषहरू वरिपरि झुम्मिएर हेर्दा त झन् सकस हुन्थ्यो । त्यसमाथि कतिपय महिलाले समेत उनलाई जिस्काउँदै भन्थे, ‘हेर त यो केटीले अटो चलाएकी !’ आजभोलि उनलाई सामान्य लाग्छन् । ‘आपूmले जानेको सीप गरी खानलाई के को लाज ?’ उनले भनिन्, ‘हिजो जिस्काउनेहरू अहिले मेरो अटोमा यात्रासमेत गर्छन् ।’ जाजरकोटको अटो सल्यानमा ल्याएको भन्दै केही व्यक्तिले विरोध गरे पनि अहिलेसमस्या नरहेको उनले बताइन् ।

निर्मलाले लिएको ४ लाख रुपैयाँ ऋण आधा तिरिसकिन् । बाँकी १ वर्षभित्र तिरिसक्ने उनको योजना छ । बिहानदेखि बेलुकीसम्म अटो चलाउनुपर्दा केही गाह्रो भए पनि बेरोजगार बस्नुपरेको छैन । उच्च शिक्षा अध्ययनको धोको पनि मनमै मरेको उनले सुनाइन् । ‘पढ्ने मन त कसको पो हुँदैन र ?’ उनले भनिन्, ‘जागिर पाइएन, घरपरिवारको जिम्मेवारी आफैंमाथि छ, कसरी पढ्नु ?’
जाजरकोटकी निर्मलाको विवाह भएको छैन । बुवा-आमा र दुई भाइबहिनी उनकै कमाइमा आश्रित छन् ।

नेपालगन्ज गएर अटो ड्राइभिङ सिकेकी उनले सुरुमा जाजरकोटमै अटो चलाइन् । सुरक्षाका कारण भन्दै त्यहाँ अटो चलाउन स्थानीय प्रशासनले रोक लगायो । उनको कार्यक्षेत्र बन्यो- सल्यानको सल्लीबजार । ‘यहाँ सडक पनि रामो छ, यात्रु पनि पाइन्छन्,’ उनले भनिन्, ‘आम्दानी पनि राम्रै भइरहेको छ ।’ यात्रु पाइए जाजरकोट, सल्यानको खलंगा र सुर्खेतसमेत पुग्ने गरेको उनले सुनाइन् ।

प्रकाशित : जेष्ठ १, २०७६ ०९:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT