कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पद्मश्री फिर्ता गर्न चाहन्छु : बलिउड अभिनेता सैफअलि खान

एजेन्सी

बलिउड अभिनेता सैफअलि खानले झन्डै दस वर्षअघि भारत सरकारले आफ्नो सम्मानमा दिएको पद्मश्री सम्मान फिर्ता गर्न चाहेको बताएका छन् । कारणमा उनले आफू उक्त सम्मानको लायक अझै नरहेका जिकिर गरेका छन् ।

पद्मश्री फिर्ता गर्न चाहन्छु : बलिउड अभिनेता सैफअलि खान

उत्कृष्ट अभिनेताका लागि नेसनल अवार्डदेखि ६ फिल्मफेयर अवार्डसमेत जितिसकेका खानले सन् २०१० मा भारतको चौथो ठूलो सम्मान पद्मश्री पाएका थिए । सन् १९९३ मै पहिलो फिल्म ‘आशिक आवारा’ बाटै अवार्ड जितेका यी अभिनेताले हाल आएर पद्मश्रीको लागि आफूभन्दा अन्य कलाकार नै लायक भएको टिप्पणी गरेका हुन् । अरबाज खानको एक टक सोमा उपस्थित हुँदै उनले उक्त भनाइ राखेका हुन् ।

टक सोमा सैफअलिलाई लक्षित गर्दै ट्रोलमा अभिनेता खान ठग भएको र पद्मश्री सम्मान आफ्ना लागि किनेको र एक रेस्टुरेन्टमा केही व्यक्तिलाई पिटेको आरोप लगाउँदै ‘अभिनय नै नजान्ने यस्ता कलाकारलाई पनि किन फिल्ममा काम गर्ने मौका कसरी आउँछ’ भनी तिखो आलोचना गरिएको थियो । उक्त ट्रोललाई अरबाजले स्वयं सैफअलिलाई नै पढ्न लगाएका थिए ।

जवाफमा खानले भनेका छन्, ‘म ठग हैन । बाँकी सबै आरोप सही छ ।’ उनले थपे, ‘तर मलाई लाग्छ, सरकारले दिने त्यत्रो सम्मानित पद्मश्री किन्ने औकात पनि मसँग छैन । सरकारलाई नै घूस खुवाएर आफ्नो नाममा सम्मान दिलाउने त्यति ठूलो हैसियत मेरो छैन । यस कुराको पत्ता लगाउन त वरिष्ठ व्यक्तिहरूसँग नै बुझ्नु पर्ला ।

बरु मलाई लाग्छ, उक्त सम्मानका लागि मलाई छनोट गरिनु नै हुँदैनथ्यो । किनभने पद्मश्रीका लागि मभन्दा क्षमतावान् अरू नै थिए, जसलाई अहिलेसम्म पनि उक्त सम्मान मिलेको छैन ।’ त्यसो त अभिनेताले पद्मश्री आफूभन्दा कनिष्ठले पनि पाएपछि आफूलाई लाज लागेको टिप्पणी गर्दै भने, ‘अब भने म यो सम्मान सरकारलाई नै फिर्ता गर्न चाहन्छु । त्यो बेला पनि मलाई बुबाले सरकारले दिने सम्मान फिर्ता गर्ने तेरो हैसियत पनि छैन भनिदिएपछि रोकिएको थिएँ र खुसीसाथ स्वीकार गरेको हुँ ।’

४८ वर्षीय अभिनेताले त्यो बेला आफू पद्मश्रीको लायक नभए पनि भविष्यमा लायक हुने गरी काम गर्ने र मान्छेले पनि सम्मान दिएर सही गरेछ भन्ने पार्छु भन्ने लागेको खुलासा गरे ।

रेस्टुरेन्ट झगडालाई भने यी अभिनेताले दुर्भाग्यपूर्ण भनेका छन् । तर यसका लागि माफी पनि नमाग्ने भन्दै थपे, ‘यदि कोही आफूलाई बारम्बार हैरान पारिरहेको हुन्छ भने आफ्नो बचाउमा जसले पनि हात उठाउँछ, चाहे त्यो सेलिबे्रटी होस् वा आमसर्वसाधरण ।


प्रकाशित : जेष्ठ १, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?