कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

केःसाङला प्रदर्शनमा

ताप्लेजुङ — लिम्बू समुदायमा प्रचलित बाजा च्याब्रुङलाई समेटेर बनाइएको चलचित्र केःसाङला प्रदर्शनमा आएको छ । केः भने च्याब्रुङ र साङला भनेको देब्रेपट्टी बजाउने डन्डी हुन्छ । च्याब्रुङ बजाउँदा दाहिनेपट्टी हातले र देब्रेपट्टी डन्डीले हानेर बजाइन्छ ।

यस चलचित्रमा लिम्बू समुदायमा जबरजस्ती तानेर गरिने विवाह, विवाहअघि फेदाङवाले मुन्धुम पढ्ने, डोलीमा बोक्नेजस्ता परम्परागत प्रथा समेटिएको छ । ताप्लेजुङको मेरिङदेन र मिक्वाखोला गाउँपालिकाको नाल्वु र साँवामा छायांकन गरिएको चलचित्रमा लिम्बू समुदायमा बोलिने टिपिकल भाषा प्रयोग भएको छ । चलचित्रमा नायकको भूमिका भीम तुम्बाहाम्फेले निभाएका छन् । उनी यस चलचित्रका निर्माता पनि हुन् ।


नायक सी थाम्मे नाताले भतिज पर्नेको छोरीको बिहेमा च्याब्रुङ बजाउन जान्छन् । च्याब्रुङेको टोली आँगनमा नाच्न थाल्छन् । विवाहका केही संस्कार पूरा भएपछि बेहुली भित्र्याइन्छ । च्याब्रुङेहरू पाहुनासँग साइनो केलाउँछन् । साइनो सम्बन्ध नलाग्ने निश्चित भएपछि धान नाच्न सुरु हुन्छ ।


नायक सीको पाहुना आएकी लाम्सिग्द्योसँग आँखा जुध्छ । संयोग नायकको साङला झोलाबाट र्झछ । त्यो नायिक लाम्सिग्द्यो (लक्ष्मी योङहाङ) ले भेटाउँछिन् र बोक्छिन् । युवती साङला पुर्‍याउन जान्छिन् । बाटामा नायकसहित चार जना युवाले युवतीलाई छेक्छन् नायकले बोक्छन् र घर लैजान्छन् । बाबुको चिनो हराइदिएकोमा रिसाइरहेकी आमासँग साङलासँगै बुहारीको परिचय गराउँछन् ।


चलचित्र केःसाङलामा नायक नायिकबाहेक कुमार सुब्बा र मैना लिम्बूले प्रमुख भूमिका निर्वाह गरेका छन् । चलचित्रको निर्देशन लोकेन साँवाले गरेका हुन् ।

प्रकाशित : जेष्ठ ६, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?