अब फिल्मको प्रोजेक्ट बिमा

काठमाडौँ — अधिक जोखिमको क्षेत्रका रूपमा हेरिने फिल्म निर्माणमा अब भने प्रोजेक्ट बिमा हुने भएको छ । 
राजधानीमा एक कार्यक्रम गरी लुम्बिनी जेनेरल इन्स्योरेन्सले चलचित्र निर्माता संघसँग उक्त प्रोजेक्टका लागि एक करोड रुपैयाँसम्मको बिमा गर्न सहमत भएको हो । 

सोमबार निर्माता संघका अध्यक्ष आकाश अधिकारी र इन्स्योरेन्स कम्पनीका सीईओ एनपी प्रधानले प्रोजेक्ट बिमाका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार, निर्माताले पेस गरेको फिल्मको बजेटको एक प्रतिशत रकम बिमा कम्पनीलाई बुझाउनुपर्नेछ भने फिल्मको छायांकन अवधिको चार महिनामा कुनै पनि क्ष्ँति भएमा एक महिनाभित्रै क्षतिपूर्ति भर्पाइ हुने बताइएको छ ।


‘क्षतिमा फिल्मका उपकरण मात्रै नभई, कुनै भवितव्यमा परी कलाकार तोकिएको समयमा सुटिङ सेटमा पुग्न नसकी फिल्मको छायांकन अवरुद्ध भयो भने पनि त्यसको क्षतिको उचित मूल्यांकन गरी बिमा कम्पनीले बेहोर्ने भएको छ,’ सम्झौतापछि संघ अध्यक्ष अधिकारीले जानकारी दिए ।


उनका अनुसार, खिचिएको फिल्मको हार्ड डिस्क हरायो वा बिग्रियो र पुन: छायांकन गर्नुपर्ने अवस्थामा पनि बिमाले त्यसको सम्पूर्ण क्षति बेहोर्ने उल्लेख गरे ।


प्रोजेक्ट बिमाले फिल्म निर्माणको जोखिमलाई केही कम गर्ने र आफूहरूलाई राहत दिने निर्माताहरूले बताएका छन् ।


प्रकाशित : जेष्ठ ८, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?