कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भिटेन र मेलिनाले नचाए

(सुनसरी) — युवा पुस्ताले मन पराएका कलाकार हुन्, र्‍यापर समीर घिसिङ (भिटेन) र गायिका मेलिना राई । यी दुईले धरानको पब्लिक स्कुलको मैदानमा शनिबार बेलुका दर्शकश्रोतालाई लगातार तीन घण्टा नचाए । 

भिटेन र मेलिनाले नचाए

करिब ८ हजारभन्दा बढी दर्शकले भरिएको धरानको पब्लिक स्कुलको मैदानमा गायिका राईले ‘तिमीले बाटो फेर्‍यौ अरे...’, ‘असारे महिना...’, ‘चरी जस्तै...’, ‘माछीले खाने खोलीको लेउ...’, ‘कम्मर माथि पटुकी...’, ‘गोजीमा दाम छैन...’, ‘दारी फुल्यो बैंसमा...’, ‘कुटुमा कुटु...’ लगायत लोकप्रिय गीत सुनाइन् । यसअघि पनि मेलिनाले धरानमा कन्सर्ट दिएको भए पनि यति धेरै दर्शकश्रोताको साथ मिलेको थिएन ।


उनीपछि भिटेन स्टेजमा आए । धरानमा तेस्रो पटक झुल्किएका भिटेन युवामाझ लोकप्रिय छन् । उनले गाउन थालेपछि दर्शकश्रोताले भरिएको मैदानमा बेग्लै माहोल सिर्जना भएको थियो । उनले ‘कोही साथी प्रहरी बने कोही साथी गुन्डा मचाहिँ आफ्नै धुनमा...’, ‘यता पनि चुरोट उता पनि चुरोट...’, ‘र्‍यापको बाटो...’, ‘हालखबर...’, ‘म मान्छे खत्तम...’, ‘लाहुरेको रेलिमाई...’, ‘सिमसिमे पानी जिस्कने बानी...’, ‘सही हो सही हो...’ लगायत गीत सुनाए ।


उनको गीत सुन्न १० वर्षमुनिका केटाकेटीसमेत आफ्ना अभिभावकसँग आएका थिए । सिल्भर इन्टरटेनमेन्टले गरेको ‘सात्विक मनोरञ्जन धमाका’ मा डेनी थलङ लिम्बू र सुनयना श्रेष्ठले भिटेन र मेलिनालाई साथ दिएका थिए ।

प्रकाशित : जेष्ठ २७, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?