कलाकार संघमा रवीन्द्र 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल चलचित्र कलाकार संघको १७ औं साधारणसभाको शनिबार आयोजित निर्वाचनबाट रवीन्द्र खडका अध्यक्ष पदका लागि निर्वाचित भएका छन् ।

खसेको तीन सय ८७ मतमध्ये दुई सय १८ मत प्राप्त गर्दै खडकाले आफ्नी प्रतिद्वन्द्वी सरिता लामिछानेलाई हराएका थिए । खडका कलाकार संघका संस्थापक अध्यक्षसमेत हुन् ।

उनले निर्वाचित भएपछि कलाकारको हकहितका लागि प्रतिबद्ध भई लाग्ने प्रण गरे भने पराजित भएकी लामिछानेले खडकालाई सबैलाई समेटेर कलाकारकै राजनीतिमा लाग्न आग्रह गरिन् ।

साथै, कार्यसमितिमा दुई उपाध्यक्ष रेजिना उप्रेती र सानुकुमार ताम्राकार निवार्चित हुँदा महासचिवमा चेतबहादुर सिंह विजयी भए । सचिवमा पनाह अधिकारीले जित्दा कोषाध्यक्षका लागि सुनील कटवाल निर्विरोध निर्वाचित भएका थिए । सदस्यतर्फ शीतल केसी, जयकिशन बस्नेत, गोपाल ढकाल ‘छन्दे’, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भए ।

प्रकाशित : जेष्ठ २७, २०७६ ०८:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

स्तुति मिस एसईई चितवन

कान्तिपुर संवाददाता

चितवन — स्तुति श्रेष्ठ मिस एसईई चितवन–२०१९ को विजेता भएकी छन् । भरतपुर महनगरपालिका–१० की स्तुतिले स्मल हेवन इङलिस स्कुलबाट एसईई दिएकी छन् । शुक्रबार साँझ भएको फाइनलमा अन्य २२ प्रतिस्पर्धीलाई उछिन्दै उनी ताज पहिरन सफल भएकी हुन् ।

प्रतियोगिताको फस्ट रनर अप खैरहनी–१३ की स्मृति भण्डारी र सेकेन्ड रनर अप भरतपुर–१२ की सोफिया डल्लाकोटी भएका छन् । मिस एसईईले ताजसहित १५ हजार नगद प्राप्त गरिन् ।

त्यसैगरी विजेता र दुई उपविजेताले गैंडाकोटको अक्सफोर्ड कलेज वा काठमाडौंको गोल्डेनगेट कलेजमा कक्षा ११ मा भर्ना भएर पढेमा शतप्रतिशत छात्रवृत्ति पनि पाउनेछन् । नेपाल डायरिज प्रालिको संयोजनमा भएको यो मिस एसईई चितवनको तेस्रो संस्करण हो । वैशाख ७ गते भएको अडिसनमा ६५ जना सहभागी थिए । त्यसपछि प्रतियोगिताका लागि २२ जना छनोट भएका थिए । प्रतियोगितामा अन्य १२ विभिन्न विधामा विजेता भएका छन् । उनीहरूले ३० प्रतिशत छात्रवृत्ति पाउनेछन् ।

प्रकाशित : जेष्ठ २७, २०७६ ०८:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT